निर्मला हत्या प्रकरणमा पक्राउ परेका बम दिदीबहिनीको म्याद थप

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरणमा पक्राउ परेका बम दिदीबहिनीको म्याद थप

सारांश

  • कञ्चनपुर, ११ भदौ ।
  • कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिताको सोमवार अदालतबाट म्याद थप गरिएको छ ।
  • उनीहरु घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

कञ्चनपुर, ११ भदौ । कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिताको सोमवार अदालतबाट म्याद थप गरिएको छ । उनीहरु घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

बम दिदीबहिनीलाई जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्न म्याद थप गरिएको जनाइए पनि कति दिन म्याद थपिएको भन्ने खुलाएको छैन । एक महिनाअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा लापर्वाही गरेको भन्दै आन्दोलन चर्केपछि तत्कालीन सुरक्षा निकायका प्रमुख फेरिएका थिए । त्यसपछि नयाँ अनुसन्धान टोलीले शून्यबाटै अनुसन्धान शुरु गरेको थियो । म्याद थपसँगै बम दिदी–बहिनीसँग बयान लिने तथा अन्य अनुसन्धानको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
राष्ट्रपति भण्डारी चीन जाने कार्यक्रम यस्तो छ
राष्ट्रपति भण्डारी चीन जाने कार्यक्रम यस्तो छ
वर्षको अन्त्यमा विकास बजेट सक्ने चटारो
वर्षको अन्त्यमा विकास बजेट सक्ने चटारो
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
कैलाली कञ्चनपुर रेबिजको जोखिममा
कैलाली कञ्चनपुर रेबिजको जोखिममा