हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
४० पटक हेरिएको
Shares
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

सारांश

  • बेरुत, लेबनान, २७ साउन।
  •   सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् ।
  • बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ ।

बेरुत, लेबनान, २७ साउन।  सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् ।बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ ।

इदलिबको सर्मादा शहरमा भएको विष्फोटको कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको अधिकारीले जनाएका छन् । भग्नावशेषलाई हटाउने क्रम जारी रहेकाले मृतकको सङ्ख्यामा केही वृद्धि हुनसक्ने सम्भावना देखिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?