नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २९, २०७९
|
१
|
५१ पटक हेरिएको
Shares
नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी

सारांश

  • कावासोती।
  • आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ।
  • सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ।

कावासोती। आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ।

कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत जोगाउँदै दोस्रो पटक जितेर संसद् प्रवेश गर्ने दाउमा छन्। विसं २०४८ देखि सो क्षेत्रमा एमालेले निरन्तर सो क्षेत्रमा जित्दै आएको छ।

विसं २०७४ को चुनावमा एमालेका महतले कांग्रेसका कार्कीलाई एक हजार तीन सय तीन मतान्तरले पराजित गरेका थिए। तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गरेका थिए।

अहिले सन्दर्भ बदलिएको छ। त्यस बेला महतलाई भोट हालेको नेकपा (माओवादी केन्द्र)ले यस पटक गठबन्धनका कार्कीलाई भोट हाल्नेछ भने एमालेफुटेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेसकै साथमा रहेको छ।

पाँच वटा स्थानीय तह र ४० वडा रहेको सो निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २२, कांग्रेसले १६ र माओवादी केन्द्र र राप्रपाले एक/एक वडा जितेका थिए भने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको हिसाब हेर्दा एमालेले ४२ हजार पाँच सय, कांग्रेसले ३८ हजार पाँच सय ८७, माओवादीले एक हजार सात सय ४२, राप्रपाले दुई हजार तीन सय ६५ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धन, एमाले र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवार एक्लाएक्लै मैदानमा रहेकाले यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाताको रुझान पनि आफ्नो पक्षमा रहेको जनाउँदै पहिलो पटक जित निकाल्ने कांग्रेसका कार्कीको दाबी रहेको छ भने विरासत जोगाएर दोस्रो पटक संसद्मा प्रवेश गर्ने दाउमा एमालेका महत रहेका छन्।

कूल एक लाख २९ हजार दुई सय ८० मतदाता रहेको यो क्षेत्रमा सत्ता गठबन्धनका कार्की र एमाले उम्मेदवार महतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance us registracija

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०७५  मा मात्र विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको मृत्यु !
२०७५ मा मात्र विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको मृत्यु !
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निरन्तर बहस
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निरन्तर बहस
बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति
बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति
सार्वजनिक भयो गायक बीरकृष्ण लावतको ‘म त होइन तिम्रो’ (भिडियोसहित)
सार्वजनिक भयो गायक बीरकृष्ण लावतको ‘म त होइन तिम्रो’ (भिडियोसहित)
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
शनिवार कोरोनाबाट ९ जनाको मृत्यु पुष्टि
शनिवार कोरोनाबाट ९ जनाको मृत्यु पुष्टि
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय