नेकपाका प्रवक्तालाइ थप दुइ दिन थुनामा राख्न अादेश
सारांश
- काठमाडौं, ३० साउन।
- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
- प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति लिएको हो।
काठमाडौं, ३० साउन। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति लिएको हो।
गत बुधबार पक्राउ परेका प्रकान्ड पहिलोपटक पाँच दिन र त्यसपछि तीन दिन म्याद लिइएको थियो। करोडौं रुपैयाँ चन्दा असुली गरेको आरोपमा प्रकाण्ड पक्राउ परेका हुन्। उनलाई पक्राउ गरिएको विरोधमा नेकपाले मंगलबार नेपाल बन्द गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया