दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने

सारांश

  • काठमाडौं।
  • सरकारले पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
  • आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दिवंगद अधिकारीको राजनीय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
काठमाडौं। सरकारले पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दिवंगद अधिकारीको राजनीय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको थियो। दिवंगत नेता अधिकारीको पार्थिव सरिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएका थिए। 
धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको उनो पार्थिव शरीरमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए। दिवंगत नेता अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो। 
उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरुको एमाले केन्द्रीय कार्यालय, धुम्बाराहीमा ठूलो भिड लागेको थियो। 
विक्रम संवत १९९३ साल बैशाख २२ गते बुबा रामप्रसाद अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो  कम्युनिष्ट सरकारको अर्थमन्त्रीको रुपमा ल्याएको लोकप्रिय र जनप्रिय बजेट ल्याएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
किशोरी बलात्कृत
किशोरी बलात्कृत
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
ओलीसँग प्रचण्ड सतर्क, आलोपालो सम्झौता पालना नहुनेमा त्रसित
कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते
कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते
भारतको विधान सभा निर्वाचनमा कांग्रेस को अग्रता
शेरबहादुरजी किन डराए ? बुझ्न गाह्रो भयो
शेरबहादुरजी किन डराए ? बुझ्न गाह्रो भयो
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त