वीर अस्पतालका कतिपय डाक्टर हाजिर गरेर टाप कस्छन्
सारांश
- काठमाडौं – वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् ।
- नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो ।
- यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।
काठमाडौं – वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् ।
नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।
एक कर्मचारीका अनुसार, डाक्टरहरु बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् । कोहीचाहिँ बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंदैनन् ।
यस्ता डाक्टरमध्ये केहीचाहिँ दिनभर नै अस्पताल वरिपरिकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने स्रोतको दाबी छ ।
आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Pushp Pradhan
किन नजाउस त मन्त्री हरुत उपचार गर्न बिदेश जाने हुदा यहा काम नपायर आफ्नो क्लिनीक मा गयको होला