रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
सारांश
- कैलाली जिल्ला कारागारमा आमरण अनशनमा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट रेफर भएर वीर अस्पतालको क्याबिनमा राखेर उपचार गरिदैछ ।
- चौधरीको वीरको स्पेसल क्याबिनमा राखेर उपचार गरिएको अस्पतालका स्वास्थ्यकर्मी सरोज शर्माले जानकारी दिए ।
- उनले भने, ’रेशम चौधरीलाई हामीले अस्पतालको स्पेसल क्याबिनमा राखेर उपचार गरेका छौँ ।
कैलाली जिल्ला कारागारमा आमरण अनशनमा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट रेफर भएर वीर अस्पतालको क्याबिनमा राखेर उपचार गरिदैछ । चौधरीको वीरको स्पेसल क्याबिनमा राखेर उपचार गरिएको अस्पतालका स्वास्थ्यकर्मी सरोज शर्माले जानकारी दिए ।

उनले भने, ’रेशम चौधरीलाई हामीले अस्पतालको स्पेसल क्याबिनमा राखेर उपचार गरेका छौँ ।’ अञ्चल अस्पतालमा थप उपचार सम्भव नभएको र सुविधासम्पन अस्पतालमा पठाउन आवश्यक रहेको व्यहोराको पत्र अस्पतालले प्रशासनमा बुझाएपछि उनी सेती अञ्चलबाट काठमाडौं रेफर गरिएको हो । उनलाई हवाइजहाजबाट वीरमा ल्याई उपचार सुरु गरिएको हो । उपचारका क्रममा अस्पतालको शैयामा उनलाई खुट्टामा साङ्लोले बाँधेर राखिएको छ ।
चौधरी कैलाली क्षेत्र नंवर १ बाट ३४ हजार १ सय ४१ मत ल्याई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । टीकापुर घटनाका मुख्य ठहरिएपछि उनी जन्कैद सजाय भुक्तान गरिरहेका छन् । उनलाई भेट्न ठूलो संख्यामा शुभेच्छुक अस्पताल पुगेका थिए ।
प्रचण्ड र ओलीबीच आज वारपार हुने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । तर, बैठकको अघिल्लो दिन आज अध्यक्षयद्ध केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आज अर्का अध्यक्ष ओलीसँग पार्टी एकता र सरकार सञ्चालनबारे ठोस रुपमा कुराकानी गर्ने तयारी गरेका छन् । पार्टी नेतृत्वबारे चर्को आलोचना भैरहेको बेला अध्यक्षद्धयबीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । प्रचण्डनिकट एक नेताले भने,‘आज ओली र प्रचण्डबीच आमने सामने हुन्छ । उहाँहरुबीच सबै विषयमा गहन छलफल हुनेछ ।’
नेकपाको सचिवलाय बैठक भोलि बस्दैछ । बैठकले सबै कुरा टुँगो लगाउनुपर्ने दबाब नेतृत्वसामू छ । प्रचण्डपनि अब एकतालाई लिङरिङ गर्नु हुँदैन भन्ने पक्षमा पुगेका छन् । हिजोमात्रै पनि प्रचण्डले पोखरामा पुगेर केही मन्त्रीहरु हटाउनेबारे खुलासा गरेका थिए । पछिल्लो समय अध्यक्षद्धयबीच मन्त्रीहरु हेरफेरबारे पनि ठोस रुपमा कुराकानी भैरहेको छ ।
हरेक विधेयक विवादमा परेपछि सरकारले सरोकारवाला छलफल गर्ने
काठमाडौं। सरकारले संसदमा दर्ता गराएका विधेयक एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अघि बढाउनुपर्ने आवाज उठ्न थालेको छ। सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, गुठी सम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार अयोाग तथा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयक विवादित भएपछि अन्य विधेयक दर्ता गर्नु अगाडि सरोकारवालासँग छलफल गर्न सत्तारुढ दलका सांसदले सरकारलाई सुझाव दिएका हुन्।
शुक्रबार महिला तथा सामाजिक समितिमा ‘ज्येष्ठ नागरिकसम्बन्धि ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक’ माथिको प्रारम्भिक छलफलमा भाग दिँदै समितिका सदस्यहरुले विज्ञहरुसँग छलफल गरेर मात्रै विधेयक अघि बढाउनुपर्ने सुझाव दिएका हुन्। सो विधेयकमाथिको प्रारम्भिक छलफल सुरु गरिएको हो। छलफलमा भाग लिँदै समितिका सदस्यहरुले विज्ञहरुसँग पनि छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए।
समितिकी सभापति निरुदेवी पालले सो विधेयकका विषयमा विज्ञहरुसँग छलफल गर्ने बताइन्। उनले विज्ञहरुसँग छलफल गर्नु अघि संशोधनकर्ता सांसदहरुको पनि धारणा लिने सुझवा दिइन्। समितिकी सदस्य अमृता थापाले सरोकारवालाहरुको सुझाव लिएर मात्रै सो विधेयकलाई टुंगो लगाउनुपर्ने आवश्यक्ता औंल्याइन्। उनले जेष्ठ नागरिक समाजको सम्मानित नागरिक भएकाले उहाँहरुको उचित सम्मान हुने गरी कानुन बनाउन सुझाव दिइन्।
प्रतिक्रिया