औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २४, २०८१
|
|
५३ पटक हेरिएको
Shares
औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन

सारांश

  • काठमाडौं।
  • भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ।
  • ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो।

काठमाडौं। भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ।

८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो। यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो। पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए। तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो।

भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो। रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन्।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठूलो योगदान रहेको छ।

रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने। सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ। उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई चिनौ
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई चिनौ
काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती
काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
राष्ट्रियसभा निर्वाचनको मतदान जारी
राष्ट्रियसभा निर्वाचनको मतदान जारी
भारतलाई पाकिस्तानले क्षति पुर्‍याउन सक्छ ?
भारतलाई पाकिस्तानले क्षति पुर्‍याउन सक्छ ?
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा