वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २०, २०७७
|
|
२३ पटक हेरिएको
Shares
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् ।
  • उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।
  • बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।

बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो । तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्याइएकोमा आलोचना भएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?