वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०८१
|
|
५४ पटक हेरिएको
Shares
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा

सारांश

  • काठमाडौं।
  • न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
  • शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्यूजील्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो।

काठमाडौं। न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्यूजील्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो।

न्यूजील्याण्डले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १२० रन मात्र बनाएपछि न्यूजील्याण्ड ८ रनले विजयी भएको थियो।

यस अघि पहिला ब्याटिङ गर्दै न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो।

न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ। २००९ र २०१० को टी-२० विश्वकपमा उपविजेता बनेको न्यूजील्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन।

अब न्यूजील्याण्डले आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ।

यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?