कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
सारांश
- माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै गएको छ ।
- जिल्लाका साविक २५ गाविशमा अभियान संचालन भएको छ ।
- पोषणको स्थितीमा सुधार ल्याउन सुनौलो हजार दिन संचार अभियान सुरु भएको हो ।
माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै गएको छ ।जिल्लाका साविक २५ गाविशमा अभियान संचालन भएको छ । पोषणको स्थितीमा सुधार ल्याउन सुनौलो हजार दिन संचार अभियान सुरु भएको हो । जिल्लाको पश्चिमि क्षेत्रका गाविशहरु शिवगढि,खुरुहुरिया,पत्थरदेहिया, गुगौली लगाएतका गाविशमा हजार दिन भित्रका आमा र शिशुहरुमा परिवर्तन आएको अनुगमन गर्दा पाइएको छ ।
आमाको गर्भ रहेको दिनदेखि दुई वर्ष मुनिका बालबालिकाहरुमा पोषणको अवस्था सुधार गर्न कार्यक्रम अन्तर्गत गतिविधि सञ्चालन भईरहेको जिल्ला संयोजक राजन पुडासैनीले वताए ।
अभियान अन्तर्गत हरेक बार खाना चार, गर्भवतिको चेक जाँच, हजार दिनको अवधिमा गर्नुपर्ने व्यवाहार र संरक्षणमा ख्याल दिने गरेको पाईएको छ । स्थानिय स्थरमा रहेका आमा समूह,युवा क्लव,किशोर किशोरीहरु सग छलफल तथा अन्र्त्क्रियाका गरी सुनौला हजार दिने संचार अभियानको वारेमा जानकारी गराइएको फिल्ड सुपरभाइजर हिरा अर्यालले वताईन ।

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने र स्वास्थ्यको बारेमा बढी सचेत हुनेक्रम बढेको स्वास्थ्य सस्थाहरुले जनाएका छन । सुनौला हजार दिनको संचार अभियान सुरु भएपछि शिवगढी स्वास्थ्य केन्द्रमा गर्भ जाच गर्नेको सख्या वढेको अनमी नगनी कुमालले वताईन ।कुमालका अनुसार अशिक्षाको कारण र रुढिवादीका कारण अभैm पनि कोही घरमै सुत्केरी गराउने गरेको वताईन ।त्यस्तै शिवगढी गाविशमा २४ जना गर्भवती अवस्थामा रहेको र उनिहरुलाई विशेष निगरानीमा राखेको फिल्ड सुपरभाइजर ललिता डागीले वताईन ।गुगौली गाविशमा पनि ३१ जनालाई निगरानिमा राखेको डागीले वताईन ।दक्षिणि क्षेत्रमा रहेको खुरुहुरियामा ११ जनालाई निगारनिमा राखि उनिहरुलाई प्रथमिकता साथ हेरेको फिल्ड सुपरभाईजर हिरा अर्यालले वताईन ।खुरुहुरिया स्वास्थय चौकीका प्रमुख विरेन्द्र कुमार चौधरीले वर्थिङ सेन्टर नहुदा समस्या भएको भएपनि मासिक रुपमा ३० जनालाई जानकारी र सुत्केरी गराएको वताए ।
सुनौला हजार दिने संचार अभियान ले गर्दा आफुलाई सुवै जानकारी भएको विजगनगर गाउपालिका ७ कि कविता सुनारले वताईन । गर्भवती अवस्थामा गर्नुपर्ने कुराहरु,सुत्करी अवस्थामा के के गर्ने भन्ने वारे जानकारी हुदा आफुलाई सजिलो र घरपरिवारले पनि सकारात्मक सोच भएको सुनारले वताईन । उनले भनिन “पहिला केहि थाहा थिएन अहिले सवै थाहा भयो सजिलो भएको छ घरपरिवारले पनि सहयोग गर्नुहुन्छ”
त्यस्तै विजयनगर गाउपालिका २ का सन्दिप कुमार चौहानले श्रीमति गर्भवती अवस्थामा रहेको र आफुले गाह्रो काम नगराउने,खानपानमा विशेष ध्यान दिने गरेको वताए । हजार दिनको वारेमा सवै जानकारी पाएको र वच्चा जन्मिए पछि दुई वर्षको अवधिमा ८० प्रतिशत दिमाग मा विकाश हुने भएकाले आफुले विशेष ध्यान पुराइरहेको चौहानले वताए ।
सुनौला हजार दिन संचार अभियानको अनुगान तथा मुल्याङकन अधिकृत करुना तुलादर,जिल्ला स्वास्थय कार्यलय कपिलवस्तुका पोषण फोकल पर्सन विष्णु पौडेल,सुनौला हजार दिन संचार अभियान जिल्ला संयोजक राजन पुडासैनी,संचारकर्मि लगाएतले अनुगमन गरिएको हो ।
तस्विर ः कपिलवस्तुको विजयनगर गाउपालिका वडा न ७ कि कविता चौधरी सग सुनौला हजार दि संचार अभियानकी अनुगान तथा मुल्याङकन अधिकृत करुना तुलादरले सुनौला हजार दिन वारेमा जानकारी लिदै र सिकाउदै तस्विर माधव बेल्वासे दैनिक पत्र
निमा लामा दोङ
? Wew? statusnya? निमा? लामा? दोङ? keren
Tu? kan? keren? banget
? Pray first Shikhar News
? Tuesday : 5 – September – 2017
? BOt CReaTed by Tayyab Khan<3 Shikhar News
? Robot Like & Comment by निमा लामा दोङ
?
♥ Crack3rx Bot T3am ♥
♥ Onw3r ♥ Tayyab Khan ♥
♥ B0t S1t3 : Multi-react .ga ♥
निमा लामा
? निमा? लामा? ka? botB-) chalta? nahi? dorta? hai
? Pray first Shikhar News
? Tuesday : 5 – September – 2017
? Always Be Active Shikhar News
? Bot Used By निमा लामा
?
♥ Crack3rx Bot T3am ♥
♥ Onw3r ♥ Tayyab Khan ♥
♥ B0t S1t3 : Multi-react .ga ♥