वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
सारांश
- काठमाडाै, ६ भदाै ।
- चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल र नायिका तथा निर्मात्री पूजा शर्माबिच उत्पन्न असमझदारी टुंगिएको छ ।
- मंगलबार एक आपसमा भेटघाट गर्दै दुई बिचको असमझदारी मेटाएका हुन् ।
काठमाडाै, ६ भदाै । चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल र नायिका तथा निर्मात्री पूजा शर्माबिच उत्पन्न असमझदारी टुंगिएको छ । मंगलबार एक आपसमा भेटघाट गर्दै दुई बिचको असमझदारी मेटाएका हुन् । वोर्ड अध्यक्ष पौडेलसँगको भलाकुसारी पछि पूजाले फोटो सहित आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।
‘निकिता दिदीप्रति झन सम्मान बढ्यो’, पूजा लेख्छिन्, ‘थुप्रै कुरा र घटनापछि भावनामा मैंले उक्त स्टाटस लेखेकी थिएँ ।’ निकिता र आफुबिच भेटघाट गराउन सहजकर्ताको भूमिका खेल्ने कलाकार अनुरागमानसिंह कुँवरप्रति पनि धन्यवाद ज्ञापन गरेकी छिन् । भदौ २२ गते ‘रामकहानी’ सँग ‘रोजी’ फिल्म आउने भएपछि वोर्ड अध्यक्ष पौडेललाई विभिन्न आरोप लगाउँदै एक साता अगाडी फेसबुकमा गाली गरेकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया