चुनावको मुखमा पदाधिकारी बैठकमा चर्काचर्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०७४
|
|
२५१ पटक हेरिएको
Shares
चुनावको मुखमा पदाधिकारी बैठकमा चर्काचर्की

सारांश

  • नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनका लागि उमेद्वार छनोट गर्न सकस परेको छ ।
  • उमेद्वार छनोटमा नेताहरुकै मत बाझिएपछि कांग्रेसले उमेद्वार छनोटका लागि पुरनौ नितिलाई कायम राखेको छ ।
  • यसैवीच आज विहान देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत उमेद्वार छनोटका विषयमा नेताहरुवीच मत बाझिएको थियो ।

नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनका लागि उमेद्वार छनोट गर्न सकस परेको छ । उमेद्वार छनोटमा नेताहरुकै मत बाझिएपछि कांग्रेसले उमेद्वार छनोटका लागि पुरनौ नितिलाई कायम राखेको छ ।

यसैवीच आज विहान देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत उमेद्वार छनोटका विषयमा नेताहरुवीच मत बाझिएको थियो ।

सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा सभापति शेरबहादुर देउवाले राखेको उमेद्वार छनोट समितिमा महासमिति सदस्य र महाधिबेशन प्रतिनीधि सहभागि गराउनुपर्ने प्रस्ताव गरेपछि नेता रामचन्द्र पौडेलले त्यसको ठाडै अस्वीकार गरेका थिए ।

यस्तो प्रस्ताव अगाडि बढाए आफुले प्रचार समितिको संयोजकबाट राजीनामा दिने चेतावनी दिएपछि देउवा पछाडि हटेका थिए ।

श्रोतका अनुसार स्थानीय तहका उमेद्वार तय गर्दा महासमिति सदस्य र महाधिबेसन प्रतिनिधी सामेल गराउँदा चुनाव जित्न सजिलो हुने भन्दै खाडले ती सदस्यलाई छनोट सममितिमा राख्नुपर्ने धारणा राखेका थिए ।

तर, स्तावप्रति पौडेलले ठाडै अस्वीकार बैठकले कुनै निर्णय गर्न नसक्दा पहिला भएको निर्णय अनुसार नै गाउ, इलाका र क्षेत्र हुँदै जिल्ला कमिटिले अन्तिम निर्णय गर्ने गरी उमेद्वार छनोट गर्ने निर्णय भएको छ ।

त्यसका लागि कांग्रेसले ७५ वटै जिल्लामा केन्द्रका एक प्रतिनिधि खटाइसकेको छ भने मेयर र उपमेयरको अन्तिम टुङगो लगाउने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ ।

आज पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको कांग्रेसले यसलगत्तै उमेद्वारको टुङगो लगाउनेछ ।

पार्टीको घोषणापत्र र उमेद्वारबारे टुङगो लगाउन आज बसेको पदाधिकारी बैठकमा नेताहरु गोपालमान श्रष्ठ, प्रकाशमान सिंह, कृष्ण सिटौला, रामशरण महत, प्रकाशशरण महत, पुर्णबहादुर खड्का लगायतका नेताहरु सहभागि थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
प्रचण्ड निवास लाजिम्पाटमा दोस्रो बिबाह, कसको ?
प्रचण्ड निवास लाजिम्पाटमा दोस्रो बिबाह, कसको ?
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
कहिले काटियो पृथ्वीजयन्तीको बिदा?
कहिले काटियो पृथ्वीजयन्तीको बिदा?
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )