राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउनुभएको छ ।
  • “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।
  • ” जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउनुभएको छ ।

“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफँैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उहाँले भन्नुभयो, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

सबै जिल्लामा फोरजी परियोजना सञ्चालन

आजै कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएका मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरेअनुसार मुलुकका सबै जिल्लामा एक वर्ष्भित्रै नेपाल टेलिकमको ‘फोर जी’ परियोजना सञ्चालन भएको बताउनुभयो ।

उहाँले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताउनुभयो । “अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनीजस्तै टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइएको छ ।” उहाँले सेवाग्राहीलाई टेलिकमका सेवा सहुलियत दरमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?