खाली गनगन मात्रै होइन, आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुस् : मन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ जेठ – रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुलाई खाली गनगन मात्रै नगरी आत्मनिर्भर हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
  • उनले सरकारको लक्ष्य ‘सम्बृद्ध नेपाल–सुखी नेपाली’ रहेको भन्दै आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरे ।
  • काठमाडौं निर्वाचन क्षेत्र नं.

काठमाडौं, १३ जेठ – रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुलाई खाली गनगन मात्रै नगरी आत्मनिर्भर हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन् । उनले सरकारको लक्ष्य ‘सम्बृद्ध नेपाल–सुखी नेपाली’ रहेको भन्दै आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरे ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ स्थित भद्रकाली कृषि सहकारी संस्थाको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मनिर्भर हुने कार्यक्रम, योजना ल्याए सरकारले सहयोग गर्ने तत्पर रहेको बताए ।
‘सानो योजना र कार्यक्रमको प्रस्तावसहित आउनुस, रोजगारी सिर्जना गर्ने कार्यक्रम बनाउनुस, सरकार त्यसमा सघाउन तयार छ,’ उनले भने, ‘खाली गनगन गर्ने हिसावले मात्रै प्रस्तुत नहुनुहोला, केही न केही आत्मनिर्भर हुने कार्यक्रम, योजना बनाएर आउनुहोस्, मेरो तर्फबाट सदैव सहयोग हुनेछ ।’

सरकारको अहिलेको वृहत्त उद्देश्यमा कतै नीति, कानुन, कार्यक्रम र योजना बाधा भएको भए सच्चाएर अघि बढ्ने उल्लेख गरे । रक्षा मन्त्री पोखरेलले भने, ‘अहिले कस्तो छ भने बाटो भत्कियो भने नगरपालिकालाई भन्ने कि उपत्यका विकास प्राधिकरणलाई सोध्ने कि वा सडक विभाग कहाँ गुनासो गर्न भन्ने अन्यौलता छ ? अव नीतिमा स्पष्टता कायम गरिन्छ ।’

संरचनाको गन्जागोलले आर्थिक विकास र सम्वृद्धिमा समस्या भएको दावी गर्दै आर्थिक विकास र सम्वृद्धि जीवनमा लागू गर्न सवैलाई योगदान गर्न आग्रह गरे ।

सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै मन्त्री पोखरेलले सहकारीले धेरैलाई आत्मनिर्भर बनाएको बताए । उनले भने, ‘सामूहिक ढंगले मिलेर काम गर्नुस, व्यवसाय फस्टायो भने अलि ङारङार ङुरङुर गर्न प्रवृत्ति त्याग्नुस् । मिलेर काम गर्नुस ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?