व्यासमा हिमपात चिसो ह्वात्तै वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २, २०७७
|
|
४६ पटक हेरिएको
Shares
व्यासमा हिमपात चिसो ह्वात्तै वृद्धि

सारांश

  • दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ ।
  • हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ ।
  • ती क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ ।

दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँ समेत परेको छ ।

हिउँ पर्न थालेपछि चिसो निकै बढेको व्यास– १ छाङ्रुका योगेश बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पाँच छ इन्च हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।”

चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताउनुभयो ।

जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् । उनीहरु नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् । गत चैतदेखि नेपाल भारत सीमा नाका बन्द छ । व्यासीहरु आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिनुभयो ।

गत जेठमा पनि व्यासीहरु भारतीय भूमि प्रयोग गरेर छाङ्रु तिङ्कर उक्लिएका थिए । सरकारले व्यासीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न बाटो बनाउन नसकेपछि उनीहरुले पुनःविदेशी भूमिको प्रयोग गर्नुपरेको हो । सरकारले व्यासको छाङ्रु तिङ्करका नागरिकलाई आफ्नो भूमि मार्फत आवतजावत गराउन घाँटीबगरको ५५० मिटर घोडेटो बाटो निर्माण ग¥योे । सोे स्थानमा बाटो बनेपनि त्यो भन्दा अप्ठ्यारो ठाउँ रहेको तम्बाकु भीरमा बाटो बन्न सकेको छैन । स्थानीयवासीले अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपरेको सचिव बुढाथोकीले बताउनुभयो ।

छाङ्रु र तिङ्कर गाउँमा बसोबास गर्ने व्यासी, सौका समुदाय मङ्सिरको पहिलो साताबाट खलङ्गा झर्ने तयारीमा छन् । सीमा रक्षक भएर बस्दै आएका दुबै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेँसी (सदरमुकाम खलङ्गा) झर्ने तयारीमा छन् ।

गत जेठ महिनामा व्यास उक्लिएका सौका समुदायका ६० परिवार पशु चौपायासहित यही मङ्सिर ३ गते औल अर्थात खलङ्गा झर्दैैछन् । उनीहरु मङ्सिर ८ गते मात्रै खलङ्गा पुग्नेछन् । यस्तै १०५ परिवार मङ्सिर १९ गते व्यासबाट हिँड्ने तयारी गरेको जनाइएको छ । व्यासीहरु अहिले खेतीपाती लगाएर खलङ्गा झर्न थालेका हुन् । नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै खलङ्गा आउन लागेको उहाँले बताउनुभयो ।

व्यासीहरु छाङ्रुको गागाबाट सीता पुल पार गरेर खलङ्गा आउने छन् । भारतीय बाटो हुँदै खलङ्गासम्म पुग्दा पनि यात्रा भने त्यति सजिलो हुँदैन् । आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि स्थानीयवासीले फेरि पनि भारतलाई नै आग्रह गर्नुपरेको व्यासी बताउँछन् । उनीहरु छाङ्रुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचांै दिन एलागाड हुँदै छैठाँैं दिनमा सदरमुकाम खलङ्गा पुग्नेछन् । व्यासीको बसाइसराइलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ ।

विगतमा नेपालतिर घोरटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तीर्थ यात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यही थियो । त्यो बाटो झण्डै २०५९÷६० सालसम्म चल्यो । त्यसयता बनेका सरकारले लगानी लगाए तर बाटो बनाएनन् ।

बाटो निर्माण मर्मतको नाममा वर्षेनी बजेट खर्च भयो तर आउँदा जाँदा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि सङ्घीय, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना र व्यास गाउँपालिकालगायतका कार्यालयबाट बाटोमा खर्च भइरहेको छ ।

समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयवासीको बाध्यता छ । यहाँका स्थानीयवासी कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशु, खाने रासन, कपडा र भाँडाकुडासहित आउने गर्छन् ।

खेतीपाती लगाएर आएका व्यासी पुनः वैशाख, जेठमा खेतीपाती भित्र्याउन उक्लन्छन् । स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फाँपर, पल्ती र आलु जस्ता बाली लगाउने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेशा कृषि र व्यापार हो । व्यासको छाङ्रु र तिङ्करमा मात्रै झण्डै हजार बढी मानिसको बसोबास छ । परापूर्वकालदेखि नै व्यासीहरुको दोहोरो बसाइ हुँदैआएको छ । उनीहरुको घर, जग्गा जमीन सदरमुकाम खलङ्गामा समेत छ । उनीहरुले व्यासको छाङ्रु, तिङ्कर जस्तै खलङ्गामा तिङ्कर छाङ्रुको बसाइँ छुट्टाछट्टै बसालेका छन् ।

फोन अवरुद्ध

दुई दिनदेखि परेको हिमपातका कारण व्यासको छाङ्रुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ । हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो । “दुई दिनदेखि फोन लाग्न सकेको छैन्”, स्थानीय योगेश बोहराले भन्नुभयो, “भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ । टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।” सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन । यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण
राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल
सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा
बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
जीवनमा कसरी सफलता प्राप्त गर्ने ?
जीवनमा कसरी सफलता प्राप्त गर्ने ?