शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’

सारांश

  • बलिउड अभिनेत्री श्रद्धा कपुर चाँडै विहे गर्न लागेको भन्ने समाचारलाई उनका पिता शक्ति कपुरले खण्डन गरेका छन् ।
  • एक न्यूज एजेन्सीले सोधेको प्रश्नको उत्तर दिदै शक्तिले भने ‘अझै चार, पाँच वर्ष श्रद्धाले विहे गर्ने कुरै छैन ।
  • ’ केही समय अघि श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठबीच विहे हुने समाचार भाइरल बनेको थियो ।

बलिउड अभिनेत्री श्रद्धा कपुर चाँडै विहे गर्न लागेको भन्ने समाचारलाई उनका पिता शक्ति कपुरले खण्डन गरेका छन् । एक न्यूज एजेन्सीले सोधेको प्रश्नको उत्तर दिदै शक्तिले भने ‘अझै चार, पाँच वर्ष श्रद्धाले विहे गर्ने कुरै छैन ।’ केही समय अघि श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठबीच विहे हुने समाचार भाइरल बनेको थियो ।

तर शक्तिले भने यो खबरलाई हावा भनेका छन् । यद्यपी भारतीय मिडियाका अनुसार श्रद्धा र रोहन करिब २ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् र, आगामी वर्ष दुवैले विहे गर्ने तयारी भइरहेको छ । श्रद्धाकी आमा शिवांगीले विहेको तयारी समेत गरिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । श्रद्धासँग विहे गर्ने भनिएका रोहन बलिउडका चर्चित ग्ल्यामर्स फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् ।

यतिबेला श्रद्धाको नयाँ फिल्म साहो प्रदर्शनको तयारीमा रहेको छ । साहो आगामी अगष्ट १५ प्रदर्शन हुँदैछ । एक्सन थ्रिलर फिल्म साहोमा बाहुबलीका चर्चित दक्षिण भारतीय कलाकार प्रभासले लिड रोलमा अभिनय गर्दैछन् । साहोबाहेक श्रद्धा स्ट्रीट डान्सर थ्रीमा बरुण धवन र नारा फतेहीसँग पनि अभिनय गर्दैछिन् ।

लक्ष्मी आचार्यको आयो तीज गीत फुंगालेर माइती देश
तीज धेरै दिन बाँकी रहे पनि तीज लक्षित गीत बनाउनेहर भने अहिलेदेखि तात्तिन थालेका छन् । अहिले हरेक दिनजसो रेकर्डिङ स्टुडियोमा तीज गीतको रेकर्ड गर्ने, म्यूजिक भिडियो बनाउने र सार्वजनिक गर्ने क्रमले तिव्रता पाएको छ । नाम चलेकादेखि नामै नसुनिएकासम्मका लोक गायकगायिका यतिबेला धमाधम तीज बनाइरहेका छन् ।

यसै क्रममा लोकगायिका लक्ष्मी आचार्य पनि एउटा तीज लिएर सांगीतिक बजारमा टुप्लुक्क देखा परेकी छिन् । ‘फुंगालेर माइती देश’ बोलको उनको तीज गीतमा बिष्णु न्यौपानेको शव्द तथा संगीत रहेको छ । गीतमा गायिका लक्ष्मी आफैले छमछमी कम्मर मर्काएकी छिन् ।

गायिका आचार्यले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा करण चैसिरको छायांकन, प्रविन भट्टको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ । उत्तम कुमार कार्की यो गीतको म्यूजिक भिडियोको डिनाइनर हुन् ।

यो पनि पढ्नुस्
नाँच बलिए ९ मा अनिता हसन्दानी पनि
टेलिभिजनमा चलेकी अभिनेत्री अनिता हसन्दानी डान्स रियालिटी शो’ नाँच बलिए ‘को सिजन ९ मा आउने भएकी छिन । यो शोमा अनिता आफ्नो पति रोहित रेडिको साथमा देखिने भएकी छिन् । मिडियामा आइरहेको खबर अनुसार’ नाँच बलिए ९’ को हिस्सा बन्न अनिताले टन्नै रकम लिएकी छिन् ।

एक रिपोर्ट अनुसार टन्न पाएको रकमका कारण अनिताले यो शोका लागि नाई भन्न सकिनन् र उनले तुरुन्तै सहमति जनाइन् । उनी यो शोको सबैभन्दा धेरै रकम पाउने प्रतियोगी हुन । सलमान खानको यो शो चाँडै सुरु हुने भएको छ र ओपेनिङ एपिसोडमा रणवीर सिंह र दीपिका पादुकोण जस्ता बहुचर्चित स्टार पनि उपस्थित हुने भएका छन् ।

एकता कपूर को शो नागिन ३ मा धूम मचाउने अनितालाई अघिल्लो सिजनमा पनि उनले पाएको उच्च पारिश्रामिकका कारण शोमा सहभागिता जनाउन तयार भइन् । शोमा सहभागि हुन आफु निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ । भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफुलाई डान्स एकलदमै मन पर्ने र पहिले देखि नै ‘नाँच बलिए ‘को हिस्सा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
यसरी होटल बन्यो मन्त्री निवास
यसरी होटल बन्यो मन्त्री निवास
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश
राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
Is normally Online Dating Worth the money?
बाबुराम भट्टराईद्वारा प्रचण्डको चर्को आलोचना
बाबुराम भट्टराईद्वारा प्रचण्डको चर्को आलोचना

तपाईंले छुटाउनुभयो कि?