बाबुराम भट्टराईद्वारा प्रचण्डको चर्को आलोचना

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बाबुराम भट्टराईद्वारा प्रचण्डको चर्को आलोचना

सारांश

  • काठमाडौं, पुस २९ ।
  • नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।
  • शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्यंग्यात्मक आलोचना गरेका हुन् ।

काठमाडौं, पुस २९ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।

शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्यंग्यात्मक आलोचना गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रचण्डको आलोचना गर्दै बाबुरामले ३० किलो मालाको राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन् ।

‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं,’ बाबुरामले भनेका छन् ।

 

शनिबार म्याग्दीको बेनीमा आयोजित औद्योगिक महोत्सवमा प्रचण्डलाई ३० किलोको मालाले स्वागत गरिएको हो । कार्यक्रम बोल्दै ‘प्रचण्ड’ले वाम गठबन्धनले नयाँ सरकारको आर्थिक विकास र समृद्धिसम्बन्धि खाकाको गृहकार्य गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?