नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै

सारांश

  • श्रावण ५, २०७४- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ ।
  • साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
  • एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति फोरम हुने सम्भावना बलियो छ ।

श्रावण ५, २०७४- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सर्वोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी गर्‍यो । आर्य खस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाँड गर्ने तहसम्म पुगिनसकेको जिकिर गरे ।
‘केही निट्टीग्रिटी मिलाउन बाँकी छन्, तर समग्रमा कुरा मिल्नेतिर गइरहेको छ,’ नयाँ शक्ति संयोजक भट्टराईले भने, ‘बाहिर आएजस्तै पदै बाँडिसकियो भन्ने होइन, तर वैकल्पिक शक्ति बनाउने प्रयासमा दुवैतिरको नेतृत्व गम्भीर भएर लागेको छ ।’ भट्टराईनिकट स्रोतका अनुसार बिहीबार र शुक्रबार काठमाडौंमा नयाँ शक्ति उच्च तहको आकस्मिक बैठक यसै एकता एजेन्डाका लागि डाकिएको छ । पार्टी नेता केशव दाहालले भने नयाँ शक्तिभित्र एकता गर्ने र नगर्ने दुवै मत अहिले पनि बहसमा रहेको जानकारी दिए ।
उता फोरमको असार २४ र २५ गते पदाधिकारी बैठकले तेस्रो चरणको स्थानीय चुनाव अगावै नयाँ शक्तिसँग एकता गरिसक्ने निर्णय लिएको थियो । असार ३० र ३१ गतेको राजनीतिक समिति बैठकले त्यसै नीतिलाई अनुमोदन गर्‍यो भने मंगलबारसम्म चलेको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकता गर्ने, आवश्यक ठाउँमा माओवादीलगायत विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने निर्णय पास गर्‍यो । ‘साउन १५ को एकता तयारी छ, समान विचार मिल्नेसँग एकता गर्ने भनी पार्टीले गरेको निर्णय नयाँ शक्तिसँगै सम्बन्धित छ,’ यादवनिकट स्रोतले भन्यो ।
फोरम केन्द्रीय सदस्य योगेन्द्र यादवले अहिलेको राजनीतिक परिस्थितिमा फोरम र नयाँ शक्ति मिलेर वैकल्पिक शक्ति निर्माण गर्ने समझदारी बन्न गएको भन्दै कांग्रेस, एमाले, माओवादीपछिको शक्तिशाली प्लेटफर्म निर्माण गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।
नयाँ शक्ति नेता दाहालले चुनावपछिको समीक्षा जारी रहेकाले अब एकताका बारेमा थप कुरा हुने बताए । ‘चुनावका कारण बीचमा एकतासम्बन्धी बहस रोकिएको थियो, केन्द्रीय बैठकमा हामी यसबारे छलफल गर्दै छौं,’ उनले भने, ‘त्यसभन्दा अघि भोलि र पर्सि अनौपचारिक छलफलबाट यो विषयमा धारणा बनाउने छौं । फोरमका साथीहरू एकता गर्ने मुडमा नै देखिनु हुन्छ ।’ उनले एकता रोकेर यही पार्टीलाई वैकल्पिक शक्ति बनाउनुपर्छ भन्ने नेताहरूको संख्या पनि उल्लेख्य रहेको भन्दै पार्टीले सबैसँग छलफल गर्ने जानकारी दिए । नयाँ शक्ति र फोरमले भर्खरैको स्थानीय चुनावमा संयुक्त उम्मेदवारी घोषणा गर्दै एउटै चुनाव चिह्न मसाल लिएर लडेका थिए । पछिल्लो एक वर्षयता उनीहरू एउटै लेटरप्याडमा संयुक्त वक्तव्य निकाल्ने, प्रधानमन्त्रीलाई सँगै भेट्न जाने, एकअर्काका कार्यक्रममा ऐक्यबद्धता जनाउन पुग्ने गरिरहेका छन् ।
इकान्तिपुर बाट साभार ।

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा भोली र्अथात  शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
पोखरामा भोली र्अथात शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार
तीन हजार हेक्टरमा कृषि वन
तीन हजार हेक्टरमा कृषि वन
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
अफगान नागरिकको शान्तिवार्ता सन् २०२० मा पनि सफल भएन
अफगान नागरिकको शान्तिवार्ता सन् २०२० मा पनि सफल भएन
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
एकता संयोजन समितिको बैठक आज
एकता संयोजन समितिको बैठक आज