शशांकलाई बिरासत जोगाउने चुनौती
सारांश
- नवलपुर।
- नेपालको तीन तले जिल्ला अर्थात पहाड, मध्य पहाड र तराई भूभागको संयोजन रहेको गण्डकी प्रदेशको नवलपुर जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको छ।
- मंसिरको बाली थन्क्याउने हतारो र निर्वाचनको चहलपहल सँगसँगै हुँदा नवलपुरका मतदातालाई अहिले भ्याइ नभ्याइ भएको छ।
नवलपुर। नेपालको तीन तले जिल्ला अर्थात पहाड, मध्य पहाड र तराई भूभागको संयोजन रहेको गण्डकी प्रदेशको नवलपुर जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको छ। मंसिरको बाली थन्क्याउने हतारो र निर्वाचनको चहलपहल सँगसँगै हुँदा नवलपुरका मतदातालाई अहिले भ्याइ नभ्याइ भएको छ।
पहिलाको नवलपरासी जिल्ला नयाँ संवैधानिक संरचनासँगै २ जिल्लाहरु नवलपरासी पूर्व र नवलपरासी पश्चिममा बाँडिए। गण्डकी प्रदेश अन्तर्गत पर्ने पूर्वी नवलपरासी अर्थात नवलपुरमा २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्।
नवलपुर १ मा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका छोरा डा. शशांक कोइराला चुनावी प्रतिश्पर्धामा छन्। कांग्रेसभित्र लामो राजनीतिक इतिहास बोकेको कोइराला परिवारका सदस्य नै चुनावी मैदानमा हुनुले यहाँको राजनीतिमा नयाँ तरंग आउनु स्वभाविक मान्छन नवलपुरका मतदाता। त्यसो त कोइराला यसअघि पनि ३ पटक निर्वाचित भइसकेका छन्। कोइरालासँग एमालेका कृष्ण पौडेल प्रतिस्पर्धामा छन्।
गत स्थानीय तहको निर्वाचनमा नवलपुर १ मा रहेका ४ वटा स्थानीय तहमध्ये १ वटा पालिकाको प्रमुखमा मात्र नेपाली कांग्रेसले जितेको थियो भने बाँकी ३ वटा पालिकाको प्रमुखमा एमाले विजयी भएको भएको थियो। अहिले नेपाली कांग्रेसलाई यहाँ माओवादी केन्द्रको साथ छ जसलाई गठबन्धनले जित्ने आधार ठान्छ।
तर आफ्नै संगठन बलियो भएकै कारण स्थानीय तहमा सफलता हासिल गरेकोले सहज महसुस एमालेका उम्मेदवारलाई पनि भएकै छ। नवलपुर १ (१) मा नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीसँग एमालेका रविन्द्र अधिकारी प्रतिस्पर्धामा छन्। यसैगरी नवलपुर १ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लोकेन्द्रप्रसाद भूर्तेलसँग एमालेका रोशनबहादुर गाहमगर प्रतिस्पर्धा गरिरहेका छन्।
नवलपुरमा नयाँ र पुराना नेताहरुको आपसी प्रतिश्पर्धा रोचक भए पनि मतदाताका अपेक्षा पुरा गर्न यसअघिका निर्वाचित उमेदवारसँग त्यति सन्तुष्ट देखिँदैनन यहाँका मतदाताहरु।
उता नवलपुर २ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेका तिलबहादुर तिलक महतबीच नै मुख्य प्रतिस्पर्धा छ। कार्की र महत दुबै जना २०७४ को निर्वाचनमा पनि आमने सामने भएका थिए। पहिले महतले जितेको भए पनि अहिले निर्वाचनको गणितमा फरक आउन सक्ने आँकलन मतदाताहरु गर्छन्। यसको मुख्य कारण माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन नै मानिन्छ।
अझ एमालेबाट विभाजित भएको नेकपा समाजवादी पनि सत्तासाझेदार दलहरुको गठबन्धनमा नै रहनुले गठबन्धनका उमेदवार बलियो भएको दावी गरिएको छ। तर पहिलेको विरासत जोगाउने रणनीतिमा एमाले छ।
यता नवलपुर २ (१) मा गठबन्धनका तर्फबाट नेकपा माअवादी केन्द्रका सोम श्रीपालीसँग एमालेका पद्मा जिसी श्रेष्ठ प्रतिस्पर्धा गरिरहेका छन् छ भने नवलपुर २ (२) मा गठबन्धनबाट एकिकृत समाजबादीका डा. गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डे मुख्य प्रतिस्पर्धी छन्।
gateio
I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don’t know much about a certain place. Can you help me? https://www.gate.io/uk/signup/XwNAU
Cryptocurrency Prices
The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/uk/signup/XwNAU
Binance账户
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.