अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङघले कान्तिबाल अस्पतालमा उपचार गर्न आउने बालबालिकाका अभिभावकलाई बस्न कुरुवा घर निर्माण गरिदिने भएको छ ।
  • यससम्बन्धी सम्झौतमा महासङ्घका अध्यक्ष भवानी राणा र अस्पतालका कार्यकारी निर्देशक डा आरपी विच्छाका बीच शुक्रबार सम्झौता भएको महासङ्घले जनाएको छ ।
  • कुरुवा घर के कति लागतमा निर्माण हुने भन्नेबारे महासङ्घले केही जनाएको छैन ।

नेपाल उद्योग वाणिज्य महासङघले कान्तिबाल अस्पतालमा उपचार गर्न आउने बालबालिकाका अभिभावकलाई बस्न कुरुवा घर निर्माण गरिदिने भएको छ । यससम्बन्धी सम्झौतमा महासङ्घका अध्यक्ष भवानी राणा र अस्पतालका कार्यकारी निर्देशक डा आरपी विच्छाका बीच शुक्रबार सम्झौता भएको महासङ्घले जनाएको छ ।

कुरुवा घर के कति लागतमा निर्माण हुने भन्नेबारे महासङ्घले केही जनाएको छैन । महासङ्घका अध्यक्ष राणाले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कुरुवा घर निर्माण गर्न सहयोग गरिएको बताइन् । अस्पतालमा निर्देशक डा विच्छाले अस्पतालको सेवालाई विस्तार गर्न लागिएको जानकारी दिँदै कुरुवाघर निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?