आज शनिबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
आज शनिबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दबाब र तनाव बढेको महसुस हुनेछ ।
  • महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
  • यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षको मायामा कमी आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । स्वास्थ्य सबल रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
हाइड्रो हब बन्दै त्रिशूली
हाइड्रो हब बन्दै त्रिशूली
महानिरीक्षक खनालले शुरु गरे टोलटोलमा प्रहरी अभियान
महानिरीक्षक खनालले शुरु गरे टोलटोलमा प्रहरी अभियान
मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन
मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
भत्ताकै लागि अनुगमन : उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य
भत्ताकै लागि अनुगमन : उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए