राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख

सारांश

  • श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा अभयावर्धनेले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा आफूले अझै नपाएको बताएका छन् ।
  • राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ सम्ममा राजीनामा दिने घोषणा गरेका थिए ।
  • तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए ।

श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा अभयावर्धनेले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा आफूले अझै नपाएको बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ सम्ममा राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए ।

गोटाबाया एक व्यावसायिक उडानमा सिंगापुर पुग्न खोज्दै थिए जुन सुरक्षा कारणले राति रद्द गरिएको बताइएको छ। गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । गोताबाया राजापाक्षेले देश छाडेको खबर आएपछि कोलम्बोमा प्रदर्शनकारीहरू आक्रोशित भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय कब्जा गरेका छन् । आन्दोलनकारीले दुवै नेताको राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?