शहरका विज्ञापन पाटी हटाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
शहरका विज्ञापन पाटी हटाइने

सारांश

  • सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ ।
  • गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ ।
  • अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठकले निर्णय गरेको छ ।

सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ ।
अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठकले निर्णय गरेको छ । यसैगरी,बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ ।
गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताउनुभयो ।
सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले जाकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो:  पुष्पकमल दाहाल प्रचण्ड
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो: पुष्पकमल दाहाल प्रचण्ड
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?
अझै शक्तिशाली बन्ने दाउमा देउवा
अझै शक्तिशाली बन्ने दाउमा देउवा
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, के हुँदैछ कुराकानी ?
अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, के हुँदैछ कुराकानी ?
आजको मौसमः देशै भरी कतै मेघ गर्जन त कतै छिटफुट बर्षा हुने
आजको मौसमः देशै भरी कतै मेघ गर्जन त कतै छिटफुट बर्षा हुने
प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट
प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

तपाईंले छुटाउनुभयो कि?