शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी

सारांश

  • काठमाडौं,  १  मंसिर ।
  •   शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
  •  आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २–० को जित निकालेको हो ।

काठमाडौं,  १  मंसिर ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २–० को जित निकालेको हो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । एपीएफ मैदान  हलचोकमा भएको खेलमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछि पाएको पेनाल्टी पाएको थियो । पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

]यसैगरी ३७औँ मिनेटमा  मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसकेपछि मनाङले  तीन अंक जोड्न सफल भयो । पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?