अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना

सारांश

  • काठमाडौँ, ३० साउन ।
  • काठमाडौँ महानगरपालिकाले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने भएको छ ।
  • कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार वडा नं ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरेका छन्  ।

काठमाडौँ, ३० साउन । काठमाडौँ महानगरपालिकाले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने भएको छ ।कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार वडा नं ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरेका छन्  । इटलीको बोल्जानो वोल्जेन प्रदेशको रु पाँच करोड तथा महानगरको आन्तरिक स्रोतबाट गरी रु आठ करोड ६१ लाख १६ हजारको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।

तीन दशमलव पाँच रोपनीमा उक्त भवन निर्माण गरिनेछ । सो भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट््यांकी रहनेछ । भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीन दमकल राख्ने ठाउँ, तालिमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल तथा करीब एक सय जना प्रशिक्षार्थी अट्ने हलको व्यवस्था गरिने कामपाले जनाएको छ ।

कामपाले चालू आवको नीति तथा कार्यक्रमअन्तर्गत महानगरका पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउने कुरा उल्लेख छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले समुदाय बलियो भए सेवा सञ्चालन गर्न सजिलो हुने बताएका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
भंगेरा चरो किन यति धेरै कामुक बनेको होला ?
भंगेरा चरो किन यति धेरै कामुक बनेको होला ?
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
सवारी चापको कारण बिपि राजमार्ग पुरै जाम…
सवारी चापको कारण बिपि राजमार्ग पुरै जाम…
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी