शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ’, उनले भने, ‘हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउनेछौँ ।’

उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताए । एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उनको भनाइ छ ।

‘अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो ।’

उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताए । उनले सरकारले भर्खरै मात्र ल्याएको साझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिँदा बनाइएको नीति तथा कार्यक्रमसहितलाई समेटेर सार्वजनिक गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?