मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
१५ पटक हेरिएको
Shares
मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

सारांश

  • काठमाडौं ।
  • पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
  • फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका रोनाल्डोले बाजी मारेका हुन् ।

काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका रोनाल्डोले बाजी मारेका हुन् ।

वर्ष खेलाडीको दौडमा मेस्सी र रोनाल्डोसँगै इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि सहभागि थिए ।

लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडी बनेका रोनाल्डोले सन् २०१३/१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए । समग्रमा यो उनको तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड हो ।

रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे ।

नेदरल्याण्ड्सकी खेलाडी लेइक मार्टेन्स महिला तर्फ युरोपियन वर्ष खेलाडी बन्न सफल भईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?