आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
सारांश
- काठमाडौं ।
- मगंलबारबाट स्वास्थानी मेला (माधव मेला) सुरु भएको छ ।
- माघ महिनामा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास छ ।
काठमाडौं । मगंलबारबाट स्वास्थानी मेला (माधव मेला) सुरु भएको छ । माघ महिनामा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास छ ।
यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन साँखुस्थित शाली नदीमा स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।
व्रतालुहरु सोमबार बेलुकीदेखि नै साँखुमा बास बस्न आउने गर्दछन् ।
पौष शुक्ल पूणिर्मादेखि स्वस्थानी व्रत सुरु भएको छ । स्वस्थानी व्रत एक महिनासम्म अर्थात् माघ शुक्ल पूणिर्मासम्म चल्दछ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।
बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

प्रतिक्रिया