मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !

सारांश

  • नयाँ दिल्ली, २९ भदौ ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।
  • उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ ।

नयाँ दिल्ली, २९ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ । उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् । प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र सुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बनाएका छन् ।

श्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका वेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नेछन्। त्यसपछि उनले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नेछन् । प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छट्याइँने भएको छ ।

श्रोतले जनाएअनुसार उहाँले झण्डै ६०० करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । वारणासी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्नेछन् भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेइमारले उछिने रोमारियोलाई
नेइमारले उछिने रोमारियोलाई
थला परेको पर्यटन क्षेत्र भन्छ(“पचास प्रतिशत क्षमतमा भए पनि सेवा सुरु गरौँ”)
थला परेको पर्यटन क्षेत्र भन्छ(“पचास प्रतिशत क्षमतमा भए पनि सेवा सुरु गरौँ”)
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै
जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा
जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा
वामदेवका लागि ओली फकाउँदै दाहाल
वामदेवका लागि ओली फकाउँदै दाहाल
चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष दाहाल बिचैबाट नेपाल फर्कने !
चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष दाहाल बिचैबाट नेपाल फर्कने !
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
सामबहादुर हेरेपछि कट्रिनाले भनिन्- ‘काब्यात्मक’
सामबहादुर हेरेपछि कट्रिनाले भनिन्- ‘काब्यात्मक’
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
यकारण छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ वडाअध्यक्षलार्इ
यकारण छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ वडाअध्यक्षलार्इ