सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले सरकारले सक्रियताकासाथ काम गरिरहेको बताएका छन्।
  • आइतबार प्रतिनिधिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सकारात्मक हिसावले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा तीव्र रुपमा अगाडि बढिरहेको बताएका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकारले सक्रियताकासाथ काम गरिरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सकारात्मक हिसावले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा तीव्र रुपमा अगाडि बढिरहेको बताएका हुन्। 
प्रधानमन्त्री ओलीले यो वर्ष राजनीति हिसावले ठूला ठूला उपलब्धि हासिल गरेको र त्यसलाई संस्थागत गर्दै सरकार अगाडि बढ्न सक्षम भएको बताए।
 प्रधानमन्त्रीले समाजमा व्याप्त भ्रष्टाचार र अपराधलाई रोक्ने सन्दर्भमा सरकारले ठूलो उपलब्धि हासिल गरेको दाबी गरे।  उनले ३३ किलो सुन काण्डमा संलग्नलाई कारवाही गरिएको, भ्रष्टचार रोक्न कडा कदम चालिएको र भ्रष्टाचार गर्ने जुन सुकै ओहलाका व्यक्तिलाई पनि कारवाही गर्ने दाबी गरे। 
‘हुन त मैले सुन्ने गरेको छ, ३३ किलो सुन कहाँ गयो, भ्रष्टाचार दैनिक बढिरहेको छ। तर म भन्न चाहन्छु, ३३ किलो सुन भारत र कन्चनपुरको जमिनमुनिबाट पनि बरामद भएको छ। ३३ किलो सुनकाण्डमा संलग्नलाई कारवाही गरिएको छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने दैनिक पक्राउ परेका छन्। मैले प्रतिज्ञा गरे अनुसार आफू पनि भ्रष्टाचार र्गिर्दन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिवद्धता अनुसार सरकारले काम गरिरहेको छ।’
प्रधानमन्त्री ओलीले पहिलो संसदको तेस्रो अधिवेशन सफल भएको पनि बताए। उनले संसदको पहिलो वर्षलाई आधार वर्षका रुपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले योबीचमा १२६ ऐन पारित भएको, १३ वटा ऐन संशोधन भएको, ४७ वटा नियमावली खारेज भएको, केही नेपाल ऐन संशोधन गर्ने विधेयकबाट १९३ वटा ऐन संशोधन भएको बताए। उनले कानुन निर्माणको हिसावले यो अधिवेशन महत्वपूर्ण रहेको बताए। 
उनले सरकारमाथि गहन अभिभारा र चुनौती रहेको उल्लेख गर्दै ती जिम्मेवारी निर्वाह गर्ने र चुनौतीको सामना गर्न सरकार सक्षम रहेको बताए। उनले संविधानसभाले बनाएको संधिवान अनुसार तीन तहको निर्वाचन भएको, संघीयताका संचरनागत पक्षहरु स्थतापित र सुदृढ गर्न सकिएको उल्ले गर्दै प्रधानमन्त्री ओलीले संघीयतामा गएको कारण नयाँ अभ्यासका क्रममा धेरै उतार चढाव भएपनि प्राप्त उपलब्धिलाई जोगाएर संस्थागत गर्न सरकार लागिपरेको जनाए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?