प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !

सारांश

  • काठमाडौं, १५ कात्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि अझै केही दिन अस्पतालमा रहने भएका छन्।
  • त्रिवि शिक्षण अस्पतालले बिबीबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो।

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि अझै केही दिन अस्पतालमा रहने भएका छन्। त्रिवि शिक्षण अस्पतालले बिबीबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो।

प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेपनि प्रधानमन्त्रिलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केही दिन अस्पतालमा नै रहने डा. दिव्या सिंहले जानकारी दिइन्। अहिलेनै काममा फर्कने गरी स्वास्थ्य अवस्था तयार नभएको र केही औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री  केही दिन अस्पतालमा नै बस्ने प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी डा सिंहले
बताइन्।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिए पछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य हुनुहुन्छ । बुधबारबाट प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए। साथै प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना
आफैले खान थालेका डा सायमीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?