साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल

सारांश

  • चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक चुनाव जिते ।
  • आफू हुर्केबढेको जिल्ला चितवनबाट भने पहिलोपटक चुनावमा उठेर जिते पनि ।
  • कस्तो रह्यो उनको अनुभव ?

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक चुनाव जिते । आफू हुर्केबढेको जिल्ला चितवनबाट भने पहिलोपटक चुनावमा उठेर जिते पनि । कस्तो रह्यो उनको अनुभव ? बिहीबार बिहान दाहालले भने, ‘वास्तवमा चुनावमै उठेजस्तो पहिलोपटक महसुस भयो ।’

वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवार रहेका दाहालले प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३ सय ४१ मतान्तरले पराजित गरे । दाहालले ४८ हजार २ सय ७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याए । नेपाली कांग्रेसको समर्थन पाएका पाण्डे सो क्षेत्रका लोकप्रिय नेता पनि हुन् । त्यसैले चुनाव जित्न दाहालले धेरै नै मेहनत गर्नुपरेको थियो । बिहीबार बिहान भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन आएका दाहालले अरु विजयी सहकर्मीलाई देख्नासाथ भने, ‘चुनावै लडेझैं त यो पटक पो भयो ।’ सम्मान कार्यक्रममा बोल्दा उनले आफ्ना अनुभव सुनाउन छुटाएनन् ।
दाहालले १० वर्षसम्म सशस्त्र संघर्षको नेतृत्व गरे । शान्तिसम्झौतापछि पहिलो पटक २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा उनी रोल्पा र काठमाडौंबाट चुनावमा उठेर विजयी भए । ७० सालको दोस्रो संविधानसभा सभा निर्वाचनमा उनी सिरहा र काठमाडौंबाट उठे, सिरहामा विजयी भए पनि काठमाडौंमा पराजित भए ।
‘त्यो बेला वास्तवमा चुनावै लडेजस्तो महसुस मलाई भएको थिएन । अहिले आफ्नै गृह जिल्लामा आउँदा बल्ल चुनाव लडेको जस्तो, बडो नजिकबाट जनभावना बुझ्न खोजेजस्तो यो पटक भयो’, दाहालले भने । यो चुनावले चुनावमा हुने सबै खालका तितामिठा अनुभव पहिलो पटक गरेको दाहालले बताए । ६४ सालमा रोल्पामा एउटा सभा गरेर चुनाव जितेको दाहालले बताए ।
काठमाडौंमा पनि पहिलोचोटि जित्दा एकदुईवटा सभा गरेको दाहालले सम्झना गरे । ‘सिरहामा पनि मैले त्यस्तो गर्न परेको हैन । बरु दोस्रो संविधानसभा निर्वाचनका बेला चुनाव होलानहोला भन्ने स्थिति थियो । म शान्तिसम्झौता र यो परिवर्तनको नेता हुनुको हैसियतले चुनाव नहोला कि भन्ने डरले आफ्नो निर्वाचन क्षेत्रमा जाँदै गइनँ । मेची महाकाली यात्रा गरेर देशव्यापी रुपमा चुनावी माहोल बनाउन लागें’, दाहालले भने ।
यस कारण व्यक्तिगत रुपले चुनावको तितोमिठो चितवनमा आएर चुनाव लडेका कारण नै बुझ्न पाएको दाहालले बताए । मनोनयन दर्ताको अघिल्लो दिन नै चितवन आएका दाहाल मनोनयनकै दिन भरतपुरमा भएको सभामा प्रमुख अतिथिका रुपमा बोलेका थिए । उनी चुनावका बेला केही समयमात्रै जिल्लाबाहिर रहे, अधिकांश समय आफ्नै चुनावी क्षेत्रमा बिताए, विकट मानिएको माडीका बस्तीबस्तीमा पुगे । बाँदरझुलाजस्तो सुदूर गाउँमा गए । माडीमा दुईवटा सभा गरे । एउटा सभामा एमाले अध्यक्ष केपी ओली नै आएर भाषण गरे । माडीको सभाअघि ओलीसहित एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापा तथा मातृका यादवले दाहालको निर्वाचन क्षेत्र भरतपुरको केन्द्रीय बसपार्कमा भएको सभालाई सम्बोधन गरेका थिए ।
चुनावका बेला दाहाल पुत्रवियोगको पीडामा परे । चितवनमा माओवादीको संगठन खासै बलियो थिएन । स्थानीय तह निर्वाचनमा कांग्रेससँग माओवादीले तालमेल गरेको थियो । त्यो बेला मतपत्र च्यात्नेजस्तो घटना भएका कारण एमालेसँग माओवादीको तिक्ततापूर्ण सम्बन्ध थियो । यो निर्वाचनमा भने कांग्रेससँग नभएर एमालेसँग तालमेल भएको थियो ।
स्थानीय तहको चुनावको सहयात्रीलाई छाडेर त्यो बेला कटु सम्बन्धमा रहेको एमालेको सहयोगमा चुनाव लड्दै गर्दा दाहाललाई सजिलो पक्कै थिएन । यो चुनावमा कांग्रेसले आफ्नो उम्मेदवारसमेत नउठाएर त्यो क्षेत्रका लोकप्रिय व्यक्ति पाण्डेलाई समर्थन गरेपछि दाहाल ढुक्कसँग बस्ने अवस्था नै थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटना : ३२ जनाको शव निकालियो
विमान दुर्घटना : ३२ जनाको शव निकालियो
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज
शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने

तपाईंले छुटाउनुभयो कि?