नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त

सारांश

  • हेटौँडा, ३० जेठ ।
  • प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा.
  • खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।

हेटौँडा, ३० जेठ । प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।

यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रदास ढुंगेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?