जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
सारांश
- बीबीसी।
- पाकिस्तानले आतंकवादी संगठन जैश–ए–मोहम्मदका संस्थापक मसुद अजहरका भाइसहित ठूला आतंकवादी संगठनका नेतालाई नियन्त्रणमा लिएको छ।
- पाकिस्तानका गृहमन्त्रालयका प्रवक्ताले मंग्लबार ४४ जनालाई हिरासतमा लिएको जानकारी दिए।
बीबीसी। पाकिस्तानले आतंकवादी संगठन जैश–ए–मोहम्मदका संस्थापक मसुद अजहरका भाइसहित ठूला आतंकवादी संगठनका नेतालाई नियन्त्रणमा लिएको छ।
पाकिस्तानका गृहमन्त्रालयका प्रवक्ताले मंग्लबार ४४ जनालाई हिरासतमा लिएको जानकारी दिए। यसमा मसुद अजहरका भाइ मुफ्ती अब्दुर रउफ पनि सामेल छन्। मसुद अजहरका अन्य नातेदार हम्माद अजहरलाई पनि नियन्त्रणमा लिइएको छ।
गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुलाई सोधपुछक्रममा नियन्त्रणमा लिएको बताइएको छ। पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारत प्रशासित कश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणको जिम्मेवारी लिएको थियो।
सीआपीएफको समूहलाई निशाना बनाइएर गरिएको आत्मघाती आक्रमणमा ४० भन्दा धेरै जवानको मृत्यु भएको थियो।
भारतले पाकिस्तानलाई दिएको डोजीयरमा कयौं आतंकवादीको नाम थियो। जसलाई अहिले नियन्त्रणमा लिइएको छ, त्यसमा भारतले दिएको नाम पनि सहभागी छन्।
जैश–ए–मोहम्मद पाकिस्तानमा २००२ देखि प्रतिबन्धित संगठन हो। अहिले उनीमाथि कारवाही गर्दा के असर हुन्छ? पाकिस्तानी विश्लेषक अमिर राना भन्छन्, ‘पाकिस्तानमा प्रतिबन्धित संगठनमाथि पहिला देखि नै प्रतिबन्धन लगाइएको छ। तर यो धेरै प्रभावकारी भएको छैन।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया