शिक्षकहरुको आन्दोलन आज पनि जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
शिक्षकहरुको आन्दोलन आज पनि जारी

सारांश

  • काठमाडौं।
  • आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्।
  • गत असोज ३ गते देखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ।

काठमाडौं। आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्। गत असोज ३ गते देखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ।

सरकारले हालै ल्याएको विधेयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब साे बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाडने अडान लिए पछि सरकार अप्ठयारोमा परेको छ।

यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ। जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएकाे थियाे भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो। आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभाबित हुने भएका छन्।

यसैबीच आन्दोलनकारी शिक्षक र सरकारबीचमा आज पनि बार्ता हुने भएको छ।

गत असोज ३ देखि देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो। हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरूषलार्इ  प्याड बितरण , कसरी कता लगाउने ?
पुरूषलार्इ प्याड बितरण , कसरी कता लगाउने ?
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु

तपाईंले छुटाउनुभयो कि?