शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?

सारांश

  • भक्तपुर, १२ कात्तिक ।
  •   उत्तर लेख्न छाडेर कतिपय अस्थायी शिक्षकले आफ्नो उत्तर पुस्तिकामा परीक्षकलाई प्रभाव पार्ने गरी रुवावासी र आग्रह लेखेका छन् ।
  • प्राथमिक तहको कापी परीक्षणको कार्य सकिदाँ सम्म झण्डै ५ दर्जन जति उत्तर पुस्तिकामा उत्तरको साटो आफ्ना भावना लेखिएको फेला परेको हो ।

भक्तपुर, १२ कात्तिक ।  उत्तर लेख्न छाडेर कतिपय अस्थायी शिक्षकले आफ्नो उत्तर पुस्तिकामा परीक्षकलाई प्रभाव पार्ने गरी रुवावासी र आग्रह लेखेका छन् । प्राथमिक तहको कापी परीक्षणको कार्य सकिदाँ सम्म झण्डै ५ दर्जन जति उत्तर पुस्तिकामा उत्तरको साटो आफ्ना भावना लेखिएको फेला परेको हो । अहिले सम्म परीक्षणको सबै काम सकिएका प्रावि तहका कतिपय उत्तर पुस्तिकामा परीक्षकलाई सम्बोधन गर्दै आफ्ना वेदना फोटो र फोन नम्बर समेत उल्लेख गरिएको आयोग श्रोतले जनाएको छ ।

‘म यस अघिका परीक्षाहरुमा पटक पटक पास भएर पनि अन्र्तवार्तामा फालिएको हुँ’ उक्त श्रोतले जनाए अनुसार परीक्षकलाई सम्बोधन गर्दै एउटा उत्तर पुस्तिकामा लेखिएको पत्रमा भनिएको छ, ‘कृपया यस पटक जसरी पनि पास गराईदिनु होला ।’ २० बर्ष देखि अस्थायी रहेको, आफू एकल महिला भएको, श्रीमान्ले अर्कै श्रीमती लिएर आफू एक्लैले बालबच्चा स्याहार्न पर्दा जसरी पनि जागिर रहनु पर्ने अवस्था भएको, आफू अपाङ्ग भएकाले समस्यामा रहेको जस्ता ब्यहोरा त्यस्ता पत्रमा उल्लेख गरिएका छन् । यस्ता पत्र लेख्नेहरुले प्रश्नको उत्तर ठिक ढंगले नदिएको फेला परेको पनि उक्त श्रोतले जनाएको छ । ‘परीक्षाको समय भरी यस्तै भावना र दुख उल्लेख गर्दै कापी भरेछन्, लेख्नु पर्ने कुरा चाँही लेखेका छैनन्’  उक्त श्रोतले भन्यो ‘उत्तर पुस्तिकामा लेखिएका कतिपय पत्रमा त फोटो पनि टाँसिएको छ, ब्यक्तिगत समस्या र धेरै नै भावनात्मक कुराहरु पनि लेखिएका छन् ।’

कतिपय कापीमा सिम्बोल नम्बर समेत उल्लेख गरिएको छैन । त्यस्ता पत्र लेख्ने र सिम्बोल नम्बर नलेख्नेको परीक्षा स्वतः रद्ध गर्ने आयोगको तयारी छ । नतिजा सार्वजनिक हुनु अघि बस्ने आयोगको बैठकले यस्ता सबैको नतिजा रद्ध गर्ने निर्णय गर्ने तयारी भएको उक्त श्रोतले जनाएको छ । निमावि र माविको उत्तर पुस्तिकामा फेला परेका त्यस्ता पत्रको संख्या यकिन गर्न बाँकी रहेको आयोग श्रोतले जनाएको छ ।

‘पहिले परीक्षकले जाँचे पछि मात्रै उक्त कापी आयोगका कर्मचारीलाई उपलब्ध गराईने हुँदा निमावि र माविका कति उत्तर पुस्तिकामा त्यस्ता पत्र छन् भन्ने यकिन गर्न बाँकी रहेको हो’ उक्त श्रोतले भन्यो, ुपरीक्षकहरुले अनौपचारिक रुपमा बताए अनुसार बाँकी दुई तहमा पनि त्यस्ता ब्यहोराका पत्रमा रुवावासी र आग्रह छन् ।’ आयोगका अध्यक्ष ताना गौतमले कापी परीक्षण तथा उत्तर पुस्तिकामा लेखिएका कुरा नतिजा अघि बताउन नमिल्ने भन्दै परीक्षाको मर्यादा कायम राख्न आयोग सचेत रहेको प्रतिकृया दिए । ‘कसको उत्तर पुस्तिकामा के कस्ता कुरा लेखिएका छन् भन्ने अहिले बताउन मिल्ने कुरा नै हैनु उनले भने, ‘परीक्षाको मर्यादा नरहने वा परीक्षकलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्ने परीक्षार्थीको नतिजा रद्ध गरिन्छ, त्यो के कारणले र किन रद्ध गरियो भन्ने कुरा चाँही नतिजा पछि सार्वजनिक गरौंला ।’

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । जसमा प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

उक्त परीक्षाको नतिजा जतिसक्दो चाँडो सार्वजनिक गर्नका लागि आयोगले कार्य गरिरहेको पनि गौतमले दावी गरे । दशैं अघि नै नतिजा सार्वजनिक गर्ने पूर्व योजना असफल भएपछि काम सकिदैं गएका विषयहरुको नतिजा सार्वजनिक गर्दै जाने आयोगको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
सुन तोलाको ९९ हजार
सुन तोलाको ९९ हजार
बागमारा युवा संगम समूहद्धारा तीज महोत्सवतथा खुल्ला भलिवल प्रतियोगिता शुरु
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
भर्दौ १७ गते बुधवारको राशिफल यस्तो छ
भर्दौ १७ गते बुधवारको राशिफल यस्तो छ
कारबाहीको माग गर्दै कांग्रेस नेता प्रकाशशरण महतविरुद्व उजुरी
कारबाहीको माग गर्दै कांग्रेस नेता प्रकाशशरण महतविरुद्व उजुरी
चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला
चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला
सलमान-कटरिनाको जोडी भाइरल
सलमान-कटरिनाको जोडी भाइरल
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने

तपाईंले छुटाउनुभयो कि?