सलमान-कटरिनाको जोडी भाइरल

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सलमान-कटरिनाको जोडी भाइरल

सारांश

  • अली अब्बास जफरको निर्देशनमा बन्न लागेको चलचित्र ‘भारत’ मा सलमान खान र कटरिना कैफको फस्ट लुक सार्वजनिक भएको छ ।
  • सलमान खान आफैले यो तस्बिरलाई आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।
  • तस्बिरमा सुटबुट लगाएका सलमान जुंगा पालेको अवस्थामा देखिएका छन् भने कटरिनाले हरियो रंगको लेहंगा लगाएकी छन् ।

अली अब्बास जफरको निर्देशनमा बन्न लागेको चलचित्र ‘भारत’ मा सलमान खान र कटरिना कैफको फस्ट लुक सार्वजनिक भएको छ । सलमान खान आफैले यो तस्बिरलाई आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।

तस्बिरमा सुटबुट लगाएका सलमान जुंगा पालेको अवस्थामा देखिएका छन् भने कटरिनाले हरियो रंगको लेहंगा लगाएकी छन् । दुवैजनाको यो तस्बिर निकै शुन्दर देखिएको छ र सामाजिक सञ्जालमा पनि यो तस्बिरले राम्रो प्रतिक्रिया पाएको छ ।

यो तस्बिर शेयर भएको एक घण्टामा मात्रै ६ लाख भन्दा बढी मानिसले लाइक गरेका छन् । सलमान खानको चलचित्र ‘भारत’ मा कटरिना त्यो अभिनय गर्दैछिन् जो अभिनेत्री प्रियंका चोपडाले छोडेकी थिइन् ।

प्रियंकाले यो चलचित्रमा साइन गरेकी थिइन् तर उनको निजि कारणले उनले यो चलचित्र छोड्नुपरेको बताएकी छन् । यसपछि यो चलचित्र कटरीनाले पाएकी थिइन् । सलमान र कटरिनाको जोडी बलिउडमा धेरै चर्चित जोडी हो । यो जोडीले जहिले पनि पर्दामा आउदा बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । भारत मा दुवै जनाको फस्ट लुक सार्वजनिक भएपछि दर्शकहरु यसको ट्रेलर पर्खीरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?