विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३० पटक हेरिएको
Shares
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता

सारांश

  • मोरङ ।
  • विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप–२०८० आयोजना हुने भएको छ ।
  • विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ ।

मोरङ । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप–२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिए ।

राष्ट्रको लागि खेलकूद, राष्ट्रिय एकता, नैतिकता कायम राख्न एवं खेलकुदको माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यमा गरी १९ तौल समूह प्रतिस्पर्धा हुने पूर्वाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख सोभित प्रसाइँले बताए ।

प्रतियोगितामा रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसमेत व्यवस्था रहेको कराँते महासङ्घ मोरङका अध्यक्ष रुपेश बरालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?