बागमारा युवा संगम समूहद्धारा तीज महोत्सवतथा खुल्ला भलिवल प्रतियोगिता शुरु
सारांश
- सञ्जय अाचार्य पाेखरा लेखनाथ नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसर पारेर बागमारा युवा संगम समूह पोखरा लेखनाथ ३३ को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता मंगलवार देखि सुरु भएको छ ।
- मंगलबार तिज गीत तथा भलिवलको कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला प्रहरी प्रमुख अशोक सिंहले एक कार्यक्रमका विच विधिवत रुपमा उद्घाटन गरे ।
- तिजको अवसरमा पानी ट्याङ्की बागमारामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै कास्कीका प्रहरी उपरिक्षक अशोक शिहले खेलकुदमा लाग्नेहरुले अपराध नगर्ने बताउदै खेलले अनुशासन सिकाउन महत्वपुर्ण भुमिका खेल्ने वताएका थिए।
सञ्जय अाचार्य
पाेखरा लेखनाथ
नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसर पारेर बागमारा युवा संगम समूह पोखरा लेखनाथ ३३ को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता मंगलवार देखि सुरु भएको छ । मंगलबार तिज गीत तथा भलिवलको कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला प्रहरी प्रमुख अशोक सिंहले एक कार्यक्रमका विच विधिवत रुपमा उद्घाटन गरे ।
तिजको अवसरमा पानी ट्याङ्की बागमारामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै कास्कीका प्रहरी उपरिक्षक अशोक शिहले खेलकुदमा लाग्नेहरुले अपराध नगर्ने बताउदै खेलले अनुशासन सिकाउन महत्वपुर्ण भुमिका खेल्ने वताएका थिए। युवा संगम समूहका अध्यक्ष एवम् प्रतियोगिता संयोजक प्रमोद आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अनुसासित आमा समुहकी अध्यक्ष बशुन्धरा कडेल,जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भीम पराजुली, वडा नं ३३ का वडा सदस्य दिपक लामिछाने,नेपाली काग्रेस पोखरा लेखनाथ ३३ का सह संयोजक दिनेश आचार्य,नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य हरिराम पौडेल स्थानीय बुद्धिजिवी विशेश्वर आचार्य हरामी लगाएतले खेलको महत्वका बारेमा जानकारी गराएका थिए ।
१२ समूहको सहभागिता रहेको भलिवल को उद्घाटन खेलमा वालदेबी युवा क्लबले आयोजक समुह वागमारा युवा संगमलाई १९, २५ र २१ , २५ को सोझो सेटमा हराइे उद्घाटन खेलमा बालादेवी युवा क्लवले जित हात पारेको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई ४० हजार र द्वितीय हुनेलाई २५ हजार नगद प्रदान गरिने भएको छ हरितालिका तिजका अवसरमा घैटो फुटाउने, रस्साकसी प्रतियोगिताका साथै हास्य कलाकारको प्रस्तुती लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने प्रतियोगिताका सह संयोजक श्रीधर पौडेलले जानकारी दिए ।
यसै विच भदौ ८ गते हुने खुल्ला तिज गीत प्रतियोगितामा सहभागी समूह मध्ये प्रथमलाई २० हजार, द्वितीयलाइृ १२ हजार, तृतीयलाई सात हजार र सान्त्वनालाई तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।निःशुल्क समूह दर्ताको व्यवस्था गरिएको सो प्रतियोगितामा सहभागी समूह मध्येबाट उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य वापत एक÷एक व्यक्तिलाई एक हजार पाँच सय रुपैयाँ, खुल्ला उत्कृष्ट नृत्य गर्नेलाई एक हजार रुपैयाँ र सहभागी प्रत्येक टिमलाई प्रोत्साहन स्वरुप पाँच सय रुपैयाँ प्रदान गरिने क्लवका सदस्य सन्देश अधिकारीले बताएका छन् ।
प्रतिक्रिया