लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
सारांश
- लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.
- काे आठाै साधारण सभा काेटेश्वर पार्टी प्यालेस काठमान्डाैमा सम्पन्न भएकाे छ।
- उक्त कार्यक्रममा संघ संस्था एवं प्रतिष्ठित व्यक्तिहरु पनि आतिथिकाे रुपमा उपस्थिति हुनुहुन्थ्याे ।
लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे आठाै साधारण सभा काेटेश्वर पार्टी प्यालेस काठमान्डाैमा सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा संघ संस्था एवं प्रतिष्ठित व्यक्तिहरु पनि आतिथिकाे रुपमा उपस्थिति हुनुहुन्थ्याे । संस्थाका अध्यक्ष श्रीराम श्रेष्ठकाे सभापति तथा बाबुराम सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ। यस संस्थाका संचालक समितीका सदस्य सीता के .सी.ले कार्यक्रम संचालन गर्नु भएकाे थियाे उक्त कार्यक्रममा बाेल्दै के.सी ले भन्नु भयाे ,हामी महिलाहरु अब व्यवसायिक हुदै छैा चेतनसिल भई नियमित बचत गर्ने बानीले आर्थिक उन्नतिमा सुधार भएकाे छ ,अब महिला पनि अर्काकाे भर नपरि आफै गरिखाने भैसकेका छन् । कार्यक्रममा महिलाहरुकाे उल्लेख्यरुपमा सहभागी थियाे ।उक्त समाराेहमा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका काेषाध्यक्ष भानु श्रेष्ठले सबै सेंयर सदस्यहरु इमान्दारी र कार्यसमितिकाे कुसल कार्य शैलिले यहाँ सम्म आईपुगेकाे बताउनुभयाे । ५०० हाराहारीकाे सेंयर सदस्यहरुबाट अहिले सम्मकाे आर्थिक काराेवार २ कराेड २९ लाख १० रहेकाे र अब सहकारी मार्फ़त प्रत्येक ब्यक्तिलाई सिप र क्षमता अनुसारकाे मालिक बनाउने दृढबिस्बास दिलाउनु भयाे। उक्त कार्यक्रममा अतिथीहरुबाट समसामयिक बिषयमाथि आ-आफ्नाे बिचार व्यक्तगरिएकाे थियाे भने बालबालिकाहरुकाे नृत्य र चर्चित लाेकगायक कुमार कार्कीकाे प्रस्तुतिले हल तताएकाे थियाे।




प्रतिक्रिया