प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेलाई झड्का
सारांश
- प्रदेश नं ४ बाट राष्ट्रिय सभा सदस्यमा एमालेलाई नराम्ररी झड्का लागेको छ ।
- निर्बाचन आयोगले एमालेका उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज गरेपछि एमालेले नराम्रो झड्का ब्यहोर्नुपरेको हो ।
- आयोगका अनुसार नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ का लागि अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।
प्रदेश नं ४ बाट राष्ट्रिय सभा सदस्यमा एमालेलाई नराम्ररी झड्का लागेको छ । निर्बाचन आयोगले एमालेका उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज गरेपछि एमालेले नराम्रो झड्का ब्यहोर्नुपरेको हो ।
आयोगका अनुसार नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ का लागि अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए । तर थापाले नयाँ प्राब्धान बमोजिम भने अपाङ्ग परिचय पत्र लिएका थिएनन् । नयाँ निर्देशिका अनुरुप परिचय पत्र नबनाएको भन्दै तनहुँ कांग्रेसका उम्मेदवार प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए ।
उजुरीका आधारमा आयोगले गरेको छानविनमा थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएको भएपनि नयाँ प्राब्धान अनुसार नयाँ परिचय पत्र नबनाएको भेटिएपछि उनको उम्मेदवारी स्वतः खारेज भएको हो ।
आयोगको यो कदमपछि राष्ट्रियसभा सदस्यमा कांग्रेस उम्मेदवार पन्थ निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया