शुरु भयाे नेपाल–चीन मेला !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
शुरु भयाे नेपाल–चीन मेला !

सारांश

  • ललितपुर, १८ असोज ।
  • पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ ।
  • नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताए ।

ललितपुर, १८ असोज । पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताए । उनले भने, “यस्ता कार्यक्रमको आयोजनाले नेपाली र चिनियाँ जनताका बीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।”

पाँच दिनसम्म चल्ने मेलामा १०० कक्ष रहेका छन् । मेलामा नेपालमा उत्पादित सामग्रीको प्रदर्शनीसँगै दुई देशको सङ्गीत, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान हुने आयोजकले जनाएको छ । मेलामा नेपालको लाखे नाच र चर्या नृत्य देखाइने छ । कक्षमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेको छ । नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकलालगायत विभिन्न घरायसी सामग्रीको कक्ष रहने अध्यक्ष जोशीले बताए ।

उनले भने, “लुभुको कपडा उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाइएको आकर्षक पहिरन ‘फेसन सो’ मार्फत देखाइनेछ ।” चिनियाँ कला र संस्कृति झल्कने ६० वटा चिनियाँ कक्षसमेत रहेका छन् । नेपाल–चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले नेपालले मेलाबाट पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनसक्ने औँल्याए । मेलाको आयोजनाले दुई देशका जनताले लाभ लिन सक्ने समाजका महासचिव सुरेशमान महर्जनले औँल्याए । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले स्थानीय तहले मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
हेर्नुहोस् कांग्रेसका ४४ जिल्लाका चुनावी कमाण्डर
हेर्नुहोस् कांग्रेसका ४४ जिल्लाका चुनावी कमाण्डर
मन्दिरको मूर्ति चोरीका ३ अभियुक्त पक्राउ
मन्दिरको मूर्ति चोरीका ३ अभियुक्त पक्राउ
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
आमाको किरिया गर्दै दुई छोरी
आमाको किरिया गर्दै दुई छोरी
कृत्रिम लिंग प्रयोग गरी महिलाद्वारा महिला नै बलात्कृत
कृत्रिम लिंग प्रयोग गरी महिलाद्वारा महिला नै बलात्कृत
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?

तपाईंले छुटाउनुभयो कि?