नेकपाकाे प्रदेश कमिटि सदस्य छानिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नेकपाकाे प्रदेश कमिटि सदस्य छानिए

सारांश

  • काठमाडाै, ३ मंसिर ।
  •    नेताहरूबीच सहमति भएको छ ।
  • त्यसलगत्तै स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामलाई गति दिने नेकपाको तयारी छ ।

काठमाडाै, ३ मंसिर ।   नेताहरूबीच सहमति भएको छ । त्यसलगत्तै स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामलाई गति दिने नेकपाको तयारी छ । ‘ बेलायत भ्रमणमा गएका वरिष्ठ नेता माधवकुमार नेपाल पनि ६ मंसिरको बैठकका लागि ३ मंसिरमै स्वदेश फर्कंदै छन् । एकीकरणका लागि गृहकार्य नपुगेको भन्दै पाँचपटकसम्म स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।पछिल्लोपटक १३ र १४ कात्तिकमा बोलाइएको बैठक स्थगित भएको थियो । एकीकरणको काममा ढिलाइ हुँदै गएकोमा नेता–कार्यकर्ता पंक्तिले नेतृत्वको आलोचना गर्नेक्रम बढ्दै जाँदा सचिवालय बैठकको नयाँ मिति तोकिएको हो ।

नयाँ मापदण्डबाट छानिए प्रदेश सदस्य
कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नाम नयाँ मापदण्डका आधारमा तयार पारेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । प्रदेश कमिटीमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरू पदेन सदस्य हुनेछन् ।

त्यस्तै, तत्कालीन एमालेबाट यसअघि प्रदेश कमिटीमा रहेकाहरू, तत्कालीन जिल्ला अध्यक्ष र राष्ट्रिय परिषद् सदस्यहरू र पूर्वअञ्चल कमिटी सदस्यहरूलाई प्रदेश कमिटीमा समेटिएको छ । तत्कालीन माओवादीबाट भने केन्द्रीय कमिटी सदस्यमा छुटेका तत्कालीन पोलिटब्युरो र केन्द्रीय सदस्यहरू वरिष्ठताका आधारमा प्रदेश कमिटी सदस्यमा सिफारिसमा परेका छन् ।

पोलिटब्युरो गठनपछि कार्यविभाजनको तयारी

कार्यदलले पहिले पोलिटब्युरो गठनपछि मात्र केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गर्ने गरी गृहकार्य अघि बढाएको छ । जिल्ला इन्चार्ज, सहइन्चार्ज, क्षेत्रीय इन्चार्जहरू तोक्दा वरिष्ठ र कनिष्ठको समस्या आउन सक्ने हुँदा पोलिटब्युरो बनेपछि मात्र कार्यविभाजन प्रस्ताव अघि बढाउने गरी कार्यदलले नयाँ तयारी सुरु गरेको हो । पहिले पोलिटब्युरो बनेपछि मात्र केन्द्रीय सदस्यको कार्य्विभाजन गर्दा सिनियरलाई इन्चार्ज र जुनियरलाई सहइन्चार्ज तथा क्षेत्रीय इन्चार्जको जिम्मेवारी तोक्न सहज हुने स्थायी समिति सदस्य बेदुराम भुसालले बताए ।

कार्यदललाई केन्द्रीय सचिवालयले कार्यविभाजन प्रस्ताव तयार पार्न दिएको म्यान्डेटसमेत सच्याइएको छ । अध्यक्ष ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालसँग कार्यदल सदस्यहरूले परामर्श गरेपछि पहिले पोलिटब्युरो गठनपछि मात्र कार्यविभाजन गर्ने गरी कार्यविधि सच्याइएको एक सचिवालय सदस्यले बताए । जिल्ला कमिटीको नेतृत्व र सदस्यका सन्दर्भमा पनि स्थायी समितिबाट नयाँ मापदण्ड तोकेर एकीकरणलाई पूर्णता दिने तयारी भइरहेको ती सदस्यले बताए । सिफारिस भएका कतिपय जिल्लाको नेतृत्वमा विवाद निम्तिएपछि वरिष्ठतालाई आधार मानेर जिल्ला एकीकरणलाई पूर्णता दिने गरी मापदण्ड बनाउने तयारी भएको ती सदस्यको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा, यातायात सिन्डिकेटविरुद्ध चालेकोे कदम नै प्रशंसनिय
Nick Jonas confirms his relationship official with Priyanka Chopra with this video, watch
Nick Jonas confirms his relationship official with Priyanka Chopra with this video, watch
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष

तपाईंले छुटाउनुभयो कि?