तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी

सारांश

  • पोखरा।
  •  परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन्।
  • पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो।

पोखरा।  परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन्।

पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो। भाडामा लिएको १६ रोपनी जग्गामा निर्माण गरिएका हाइटेक (ग्रीनहाउस) भित्र मौसमी एवं बेमौसमी तरकारी एवं दूध बिक्रीबाट मासिक रु चार लाख ४० हजार ४०० आम्दानी हुने गरेको फार्म सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार, नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (एकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फार्मको तर्फबाट रु दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेकभित्र अहिले गोलभेँडा फस्टाएको छ। फागुनको अन्तिम सातामा हाइटेकभित्र रोपेका सिर्जना जातका गोलभेँडाका ५०० बिरुवाले जेठ महीनाको शुरुदेखि उत्पादन दिन शुरु गरेको बताउँदै उनले यतिखेर दैनिक २५ किलो फल निस्कने गरेको बताए।

गोलभेँडा होलसेल प्रतिकिलो रु ८० र फुटकरमा रु ९० मा बिक्री हुने गरेको जानकारी दिँदै कृषक कार्कीले भने, “बारीमा खरीद गर्न आउने व्यापारी एवं उपभोक्ताको मागअनुसार तरकारी पुर्याउन सकिएको छैन।” परियोजना (एकाइ) तरकारी सुपरजोनको हाइटेक (हरितगृह) एउटासहित कूल रु २४ लाखमा निर्माण गरिएका नौ टनेलभित्र अहिले गोलभेँडा र काँक्रोले राम्रो उत्पादन दिएको राधिका एग्रो फार्म सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिए।

भक्तपुरे स्थानीय जातको काँक्रोले राम्रो उत्पादन दिएको छ, दैनिक ८० देखि १०० केजी बिक्री गरेर रु चार हजार आम्दानी हुने गरेको बताउँदै उनले अहिले बजारमा काँक्रो होलसेलमा रु ५० मा बिक्री गर्दै आएको बताए। हाइटेकभित्र यसअघि सिमी राम्रो उत्पादन भएको बजारमा प्रतिकिलो रु ७० मा बिक्री गरेको बताउँदै उनले भने, “बजारको मागअनुसार टनेलभित्र यतिखेर मनकामना जातको सागसमेत रोपिसकिएको छ।”

केही महीनायता पोखराका विभिन्न ठाउँमा दैनिकजस्तै हावाहुरी, पानीसहितको असिनाको कारण कृषकले ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै उनले फार्मको हाइटेकको छाना उडाएर रु एक लाखभन्दा बढीको नोक्सान पुगेको जानकारी दिए। तरकारी खेतीबाट उत्पादित घाँस भैँसीलाई र भैँसीको मल तरकारीमा प्रयोग गर्दै आएको सो एग्रो फार्मले यतिखेर तरकारीसँगसँगै व्यावसायिक भैँसीपालनसमेत शुरु गरेको छ।

रु एक करोडभन्दा बढी सामूहिक लगानीमा सञ्चालन गरिएको सो एग्रो फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नुका साथै उपभोक्ताले शुद्ध भैँसीको दूध र अर्गानिक तरकारी उपभोग गर्दै आएका छन्। फार्म सञ्चालक हरिकृष्ण कार्कीका अनुसार गोठमा अहिले २३ माहुभैँसी र १५ पाडापाडी छन् । जसमा १८ दुहुना भैँसीले दैनिक ८७ लिटर दूध दिने गरेको जानकारी दिए।

उत्पादित दूध बिक्री गर्न कुनै समस्या छैन, उपभोक्ता खरीदका लागि फार्ममै आउने गरेको बताउँदै उनले शुद्ध भैँसीको दूध यतिखेर प्रतिलिटर रु १२० मा बिक्री हुने गरेको छ। दानामा भन्दा घाँसमा आधारित भैँसीपालनलाई महत्व दिएको बताउँदै सञ्चालक कार्कीले भने, भैँसीको चरन र घाँसका लागि फार्मको नजिकै ४० रोपनी जग्गा भाडामा लिएर उन्नत जातको मकै, नेपियरजस्ता विभिन्न जातका घाँसका बिरुवा लगाइएको छ । फार्म अहिले पनि बोरिङको पानीमा निर्भर रहँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
जेठ १० गते शनिबारको राशिफल यस्तो छ
जेठ १० गते शनिबारको राशिफल यस्तो छ
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

तपाईंले छुटाउनुभयो कि?