भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै

सारांश

  • काठमाडौं, साउन १५ – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ ।
  • न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।
  • रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आइतबार नै फैसला आउने सम्भावना भने कम छ ।

काठमाडौं, साउन १५ – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।

रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आइतबार नै फैसला आउने सम्भावना भने कम छ । रिट दायर भएको दुई महिना पुग्न लाग्दा समेत फैसला नहुँदा महत्वपूर्ण विषयलाई सर्वोच्चले प्राथमिकता नदिएको र अन्यौल बढ्न सघाएको आरोप लाग्न थालेको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि यसबारेमा सर्वोच्चमा रिट परेपछि मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लाग्न सक्दा अन्योल बढेको हो ।

यसैबिच आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणी शर्माको मुद्दाको सुनुवाई पनि आइतबार नै हुँदैछ । शुक्रबार बहस नसकिएपछि यो मुद्दालाई पनि हेर्दाहेर्र्दैमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
आजको राशीफल
आजको राशीफल
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन