श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ

सारांश

  • आफ्नी पत्नीलाई उनको इच्छा र चाहना विपरित जबर्जस्ती बलात्कार गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।
  • मध्यपुर थिमिबाट ३७ वर्षीय पत्नीले आफ्नो इच्छा विपरित बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुर थिमी नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय पति रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो ।
  • पक्राउ गरिएका खड्कामाथि अनुसन्धान सुरु गरेको वृत्तले जनाएको छ ।

आफ्नी पत्नीलाई उनको इच्छा र चाहना विपरित जबर्जस्ती बलात्कार गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । मध्यपुर थिमिबाट ३७ वर्षीय पत्नीले आफ्नो इच्छा विपरित बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुर थिमी नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय पति रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो । पक्राउ गरिएका खड्कामाथि अनुसन्धान सुरु गरेको वृत्तले जनाएको छ ।

माघ ४ गते आफ्नै पतिले जबर्जस्ती बलात्कार गरेको भन्दै पत्नीले यही माघ ६ गते जोहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी दिएकै दिन प्रसूति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरिएको हो । प्रहरीले वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको छ ।

भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको यो दोस्रो घटना भएको प्रहरीले जनाएको छ । गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भदौदेखि २०७४ साल चैत २ गतेसम्म ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले पटक पटक बलात्कार गरेको जाहेरी पत्नीले दिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?