बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी

सारांश

  • काठमाडौं, १४ असार ।
  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा.
  • युवकध्वज जिसीले बैंकहरुले कार किन्दा सुलभ रुपमा ऋण दिने गरेको तर किसानलाई भैंसी किन्दा ऋण नदिने परिपाटीको अब अन्त्य गर्नुपर्ने बताएका छन् ।

काठमाडौं, १४ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बैंकहरुले कार किन्दा सुलभ रुपमा ऋण दिने गरेको तर किसानलाई भैंसी किन्दा ऋण नदिने परिपाटीको अब अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘बैंकहरुले कार किन्दा लोन दिन्छन् तर भैंसी किन्दा दिँदैन्, यसले किसानलाई प्रोत्साहन गरेन, अहिले यसबारेमा व्यापक जनगुनासो छ, अर्थमन्त्रालयले अब बैंकहरुलाई म्याण्डेटरी बनाउनुपर्छ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव जिसीले ५ वर्षमा अहिलेको कृषि उत्पादनलाई दोब्बर बनाउने र आगामी २ देखि ३ वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सुनाए ।

आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘कृषिले नेपालको अर्थतन्त्रमा धेरै ठूलो योगदान पुर्याएको छ, त्यसमापनि धानको योगदान धेरै छ, कृषिले २९/३० प्रतिशत योगदान अर्थतन्त्रमा पुर्याएको छ, धानको मात्रै २० देखि २१ प्रतिशत योगदान छ।’

१५ औं राष्ट्रिय धान दिवस काठमाडौंको दक्षिणकालीमा मनाउन गैरहेको पनि उनले जनाए । उनले भने,‘भोलि हामी देशैभरि धान दिवस मनाउन गैरहेका छौं, काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा दक्षिणकालीमा मनाउँदैछौं।’

उनले भोलि असार १५ अर्थात राष्ट्रिय धान दिवस आफूहरुले ‘धान उत्पादमा वृद्धि, मुलुकको राष्ट्रिय समृद्धि’ भन्ने मूल नाराका साथ मनाउन गैरहेको पनि जनाए । उनले भने,‘धानमा उन्नत बिउ हामीलाई बढि चाहिएको छ, अहिले धान उत्पादनमा कमी हुनु भनेको सिंचित क्षेत्र कम भएर हो, जहाँ÷जहाँ सिंचित आयोजनाहरु छन्, ती/ती क्षेत्रमा उत्पादन बढि छ।’

उनले धानको मात्रै नभएर अन्य उत्पादनको क्षेत्रमा उन्नत जातको विउ र कृषिमा यान्त्रिकरणमा जानुपर्नेमा जोड दिए । उनले भने,‘गाढा चढेर अमेरिका पुगिँदैन्, गोरु जोतेर कृषिमा व्यवसायीकरण हुँदैन्।’ उनले मुलुकमा अहिले ‘कष्ट अफ प्रोडक्शन हाई’ रहेकोले अब उत्पादनमा लागत घटाउनुपर्ने पनि बताए ।

त्यस्तै उनले कृषकहरुलाई अनुदान दिँदा अब भौचर प्रणाली अन्त्य गरेर ‘स्मार्ट कार्ड’मार्फत उपलब्ध गराउनेपनि जानकारी दिए । उनले भने,‘यस सम्बन्धमा हामीले यही असार २५ गते नै प्रधानमन्त्रीज्यूसमक्ष यो प्रस्ताव लिएर जान्छौं, यो भयो भने अब कृषकहरुलाई झन्झट हुँदैन्, अब कर्मचारीले किसानहरुलाई चेक काटेर दिने प्रथाको अन्त्य हुन्छ।’

उनले अब किसानहरुलाई सहुलियतमा ट्रयाक्टरको सुविधा उपलब्ध गराउनेपनि आफूहरुको तयारी रहेको सुनाए । उनले भने,‘गोरु जोत्नुभन्दा ट्रयाक्टरले जोत्नु फाईदा हुन्छ, हामीले कष्टम हायरिङ सेवाको सुरु गरिसकेका छौं, सुपर जोन र जोनल एरियामा यो सेवा उपलब्ध गराएका छौं।’
उनका अनुसार यो सेवा आफूहरुले देशका ७ वटै प्रदेशमा सुरु गर्न लागेको पनि जनाए । उनले भने,‘हामीले यस विषयमा प्रदेश तथा स्थानीय सरकारलाई पनि आग्रह गरेका छौं।’

यस्तै कार्यक्रममा धान विज्ञ भोलामान सिंह बस्नेतले एशियाली राष्ट्रहरुलाई एक ठाउँमा ल्याउनको लागि पनि धान अहिले सेतुको रुपमा रहेको बताएका छन् ।

उनले भने,‘नेपालमा धानले जिडिपीमा ठूलो योगदान पुर्याएको छ, धानको उत्पादन बढ्यो भने जिडिपी पनि बढ्छ, यदि उत्पादन नै घट्यो भने जिडिपी पनि घटेको छ, हाम्रो देशको अर्थतन्त्रमा कृषिको योगदान धेरै छ।’

उनले चैते धानको उत्पादनलाई पनि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले चैते धानको उत्पादन जम्मा ७ प्रतिशतमात्रै छ, यसलाई बढाउनुपर्छ, त्यस्तै सिंचित क्षेत्रपनि बढाउनुपर्छ।’

उनले विश्वमा रहेका ७ अर्ब मानिसहरुमा आधा भन्दा बढिको मुख्य खाना नै चामल रहेको जनाए । भोलि असार १५ धान दिवस भएकोले यसको विषयमा त्यही दिनमात्रै बहस हुनु दुःखद् रहेको बताउँदै भने,‘भोलि हामी १५ औं धान दिवस मनाउँदैछौं, वर्षमा एक दिनमात्र यसको बारेमा छलफल तथा बहस हुन्छ, यसको बारेमा नियमित बहस होस्, सरकारले पनि विज्ञहरुसँग छलफल गर्नुपर्छ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Samba

    Right

    Comment Author

    Bishnu Shrestha

    गाडी खरिदमा कमिशन।भैसीमा थोरै लगानी कमिशन दुबैहातमा ठूल ठूला लडू ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?