श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
१६ पटक हेरिएको
Shares
श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त

सारांश

  • श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले चार मन्त्रीहरू नियुक्त गरेका छन् ।
  • बढ्दो आर्थिक संकट र अत्यावश्यक वस्तुको अभाव झेल्न संघर्षरत राष्ट्रपति राजापाक्षले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
  • यसअघि उनको मन्त्रिमण्डलका सबै मन्त्रीहरुले राजीनामा दिएका थिए ।

श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले चार मन्त्रीहरू नियुक्त गरेका छन् । बढ्दो आर्थिक संकट र अत्यावश्यक वस्तुको अभाव झेल्न संघर्षरत राष्ट्रपति राजापाक्षले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उनको मन्त्रिमण्डलका सबै मन्त्रीहरुले राजीनामा दिएका थिए । राष्ट्रपतिले संसद्मा सहभागी सबै दलहरूलाई सरकारमा समावेश हुन आह्वान गरेसँगै नयाँ मन्त्रीहरु नियुक्त गरिएको हो । उनीहरूको शपथ ग्रहण पनि भइसकेको बीबीसीले जनाएको छ ।

नयाँ मन्त्रिमण्डलमा राष्ट्रपति राजापाक्षले आफ्ना भाइ तथा निवर्तमान वित्तमन्त्री बासिल राजापाक्षलाई भने समावेश नगराएको बताइएको छ । उनको स्थानमा अली साबरीलाई वित्तमन्त्री नियुक्त गरिएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा आन्दोलन र प्रदर्शन चर्किएसँगै त्यहाँ आपतकाल लागू गरिएको छ । यद्यपि यसका बावजुद प्रदर्शन भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही प्रदर्शनकारीले भने श्रीलंकाली राजनीतिमा राजापाक्ष परिवारको हालीमुहाली बन्द हुनुपर्ने समेत माग गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?