श्रीलंकामा संसद विघटन र निर्वाचन रोक्न न्यायालयको आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
श्रीलंकामा संसद विघटन र निर्वाचन रोक्न न्यायालयको आदेश

सारांश

  • श्रीलंकामा केही दिनदेखि जारी राजनितिक द्वन्द अझै बढ्ने देखिएको छ ।
  • राष्ट्रपति मैत्रीपाला सिरीसेनाद्वारा गरिएको संसद भंग र मध्यावधि निर्वाचनको तयारी रोक्न त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ ।
  • अदालतको यो आदेशसँगै बढेको संकटमा थप अर्को संकट थपिएको छ ।

श्रीलंकामा केही दिनदेखि जारी राजनितिक द्वन्द अझै बढ्ने देखिएको छ । राष्ट्रपति मैत्रीपाला सिरीसेनाद्वारा गरिएको संसद भंग र मध्यावधि निर्वाचनको तयारी रोक्न त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको यो आदेशसँगै बढेको संकटमा थप अर्को संकट थपिएको छ ।

प्रधान न्यायाधीश नलीन पेरेराको अध्यक्षतामा तीन सदस्यीय इजलाशले खचाखच भरिएको इजलाश कक्षमाा फैसला संसद भंग नगर्न र निर्वाचन रोक्न आदेश दिएका थिए । निर्णय सुनाउँदा न्यायालय परिषदको सुरक्षा व्यवस्था अत्यन्तै कडा गरिएको थियो ।
राष्ट्रपति सिरसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनील विक्रमसिंघालाई बर्खास्त गरेर महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । यो घटनासँगै श्रीलंकामा राजनीतिक संकट गहिरिएर गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?